१७ बैशाख २०८३, बिहीबार
धनगढीमा सिनेमा संवाद कार्यक्रम सम्पन्न,
शनिबार, जेष्ठ ३१ २३:१२

धनगढीमा सिनेमा संवाद कार्यक्रम सम्पन्न,

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न भएको छ। जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा शनिबार आयोजित उक्त कार्यक्रमले चलचित्र क्षेत्र रमाजबीचको सम्बन्धबारे गहन छलफल गरेको हो।

कार्यक्रममा डोटीको जोरायल गाउँपालिका अध्यक्ष तथा सुदूरपश्चिम गाउँपालिका संघका अध्यक्ष दुर्गादत्त ओझा प्रमुख अतिथि थिए। कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, विद्यार्थी, दर्शक र कलाकारहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

अभिनेता पुष्प खड्डका , उपासना सिंह ठकुरी दिव्य देव पन्त , निर्देशक तथा निर्माता नवल नेपाल नीलमचन्द्र चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष बलामी लगायत स्थानीय कलाकारहरूको सहभागिता रहेको थियो।कार्यक्रममा नेपाली चलचित्र निर्माण, यसको सन्देश, सामाजिक प्रभाव, बजारमा देखिएका चुनौतीहरू तथा सिनेमा र समाजबीचको अन्तरसम्बन्धबारे विचार–विमर्श गरिएको थियो

कार्यक्रमको उद्देश्य सुदूरपश्चिमका स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै पर्यटन प्रवर्द्धन, नेपाली सिनेमा र संस्कृति विस्तारमा योगदान पुर्‍याउनु रहेको आयोजकले बताएका छन्।
सिनेमा संवाद कार्यक्रमले क्षेत्रीय कला र सिने उद्योगलाई सशक्त बनाउने आशा गरिएको छ।

Sharing is caring!

Latest News

राष्ट्रिय संगीतकर्मी संघ प्रवास भारतको पहिलो अधिवेशन तथा ठाडी भाका र नृत्य प्रतियोगिता यही जुन २२ मा बैंगलोरमा
शनिबार, जेष्ठ ३१ २३:१२
धनगढीमा काइट एजुकेसन हबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरको तयारी कक्षा संचालनमा
शनिबार, जेष्ठ ३१ २३:१२