९ बैशाख २०८३, बुधबार
“हौस्या जोवन”  मौलिक संस्कृति झल्काउने नयाँ देउडा गीत सार्वजनिक  (भिडियो सहित)
बिहीबार, असार २६ १६:२८

“हौस्या जोवन” मौलिक संस्कृति झल्काउने नयाँ देउडा गीत सार्वजनिक (भिडियो सहित)

नेपाली लोकसंगीतमा डडेलधुरा परशुराम क्षेत्रको मौलिकता झल्काउने नयाँ देउडा गीत ‘हौस्या जोबन’ सार्वजनिक गरिएको छ। स्थानीय भाषा, भाव र परिवेशमा आधारित यो गीतले मौसमी प्रेमकथालाई मार्मिक तरिकाले प्रस्तुत गरेको छ। गायिका लक्ष्मी नेपाली र गायक शेरी आउजीको स्वरमा सजिएको गीतको संगीत पनि शेरी आउजीकै रहेको छ भने शब्द गोकर्ण दयालले लेखेका हुन्।‘हौस्या जोबन’ को म्युजिक भिडियोमा कलाकार ज्ञानेन्द्र सुनार र मनिषा रावलले प्रमुख भूमिका निर्वाह गरेका छन्। उनीहरूको अभिनयले गीतको भावलाई गहिरो रूपमा उजागर गर्ने प्रयास गरेको छ। बर्खा ऋतुको प्राकृतिक सौन्दर्य र त्यसले प्रेममा पार्ने असरलाई दृश्यमा उतार्न सफल छायांकन कृष्ण बाबुले गरेका छन् भने सम्पादन पनि उनैको हातबाट गरिएको हो। गीतको छायांकनमा डडेलधुराको भित्री मधेस परशुराममा वातावरण, खोला र वर्षा यथार्थ रूपमा प्रस्तुत गरिएको छ।

गीतको निर्देशन डोटेली बड्डो सुरेन्द्र संगमले गरेका छन्। उनले बर्खा लागेपछि प्रेममा पर्ने युवायुवतीको भावना र समाजमा त्यसले ल्याउने चुलबुलेपनलाई गीतमार्फत देखाएका छन्। “झुमझुमे बर्खा लाग्यो, खोलीको गागन” जस्ता पंक्तिहरूले गीतलाई भावनात्मक र साहित्यिक उचाइ दिएको छ।संगीत संयोजन (एरेन्ज) भुवन बडुले गरेका छन्। गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो, जुन अहिलेका लोकगीतहरूमा गुणस्तरीय साउन्ड दिन सक्षम स्टुडियो मानिन्छ। सम्पूर्ण टिमले गीतलाई लोक सांगीतिक स्वाद र आधुनिक प्रस्तुति दुवैको सन्तुलनमा तयार पारेका छन्।‘हौस्या जोबन’ मात्र मनोरञ्जनको माध्यम नभई सांस्कृतिक अभिव्यक्ति पनि हो। सुदूरपश्चिम क्षेत्रका खेलिने देउडा भाषा, लय र जीवनशैलीलाई राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयासका रूपमा यसलाई हेर्न सकिन्छ। विशेषतः यस्ता मौलिक गीतहरूले ग्रामीण आवाजलाई प्रविधिको माध्यमबाट विश्व सामु पुर्‍याउने काम गर्छन्।गीत युट्युब लगायत डिजिटल प्लेटफर्महरूमा हेर्न र सुन्न सकिन्छ। ‘हौस्या जोबन’ ले दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास लिइएको छ। यो गीत डडेलधुराको भित्री मधेशको सांगीतिक सम्पदामा थपिएको अर्को कोसेढुंगा बन्न सक्छ।

Sharing is caring!

Latest News

‘पूर्ण बहादुरको सारङ्गीका निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’
बिहीबार, असार २६ १६:२८
धनगढीमा भानुजयन्तीका अवसरमा साहित्यिक–सांस्कृतिक उत्सव सम्पन्न, प्रादेशिक प्रतिभा पुरस्कार र सम्मान वितरण
बिहीबार, असार २६ १६:२८