१२ बैशाख २०८३, शनिबार
धनगढीमा १९औं सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि
आईतवार, कार्तिक १६ १८:३७

धनगढीमा १९औं सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि

धनगढी – सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनका उद्देश्यसहित १९औं सुदूरपश्चिम महोत्सव आगामी मंसिर २२ गतेदेखि धनगढीमा सुरु हुने भएको छ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले आज पत्रकार सम्मेलनमार्फत मूल आयोजक समिति र २३ उपसमिति गठन गरी तयारी थालिएको जानकारी दिएको छ।

संघका अध्यक्ष पुष्कर राज ओझाका अनुसार करिब तीन करोड लगानीमा आयोजना हुने महोत्सवबाट १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रोनिक्स र होटलसहित करिब ५०० स्टल रहने छन्।

ओझाले भने, “कृषि क्षेत्रका ४० र महिला उद्यमी तथा स्थानीय परिकारका १५ गरी ५५ स्टल निशुल्क रहनेछन्।”

महोत्सव अवधिमा करिब सात लाख अवलोकनकर्ता आउने अनुमान गरिएको छ। विद्यार्थी र खेलाडीका लागि ५० रुपैयाँ, सर्वसाधारणका लागि १०० रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निशुल्क प्रवेश प्रदान गरिनेछ।
बाइट: पुष्करराज ओझा।

अध्यक्ष ओझाका अनुसार महोत्सवले प्रदेशको कृषि, उद्योग, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ।

२०६३ सालमा सुरु भएको सुदूरपश्चिम महोत्सवका मागहरू यस वर्ष पनि सरकारी प्रतिनिधिलाई बुझाइने आयोजकले जनाएको छ।

Sharing is caring!

Latest News

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी
आईतवार, कार्तिक १६ १८:३७
अचेत अवस्थामा भेटिएका नरेश सुनारलाई माया मेट्रो हस्पिटलले निःशुल्क उपचारपछि डिस्चार्ज गर्‍यो
आईतवार, कार्तिक १६ १८:३७