धनगढी डान्स च्याम्पियनसिप सिजन ४ को फाइनल पौष २५ गते, नृत्य निर्देशक सुनिल क्षेत्रीको विशेष उपस्थिति
धनगढी , सुदूरपश्चिमकै चर्चित नृत्य प्रतियोगिता धनगढी डान्स च्याम्पियनसिप (DDC) सिजन–४ को ग्राण्ड फिनाले आगामी पौष २५ गते आयोजना हुने भएको छ। फाइनल कार्यक्रम धनगढी ५ तारानगरस्थित वैभव प्यालेसमा दिउँसो ४ बजेदेखि सुरु हुने गरी ग्राण्ड फिनालेको औपचारिक निमन्त्रणसमेत जारी गरिएको छ।
विभिन्न चरणका अडिसन तथा प्रतिस्पर्धा पार गर्दै फाइनल चरणमा प्रवेश गरेका प्रतिस्पर्धीहरूले उपाधिका लागि आफ्नो उत्कृष्ट नृत्य प्रस्तुति दिनेछन्। कार्यक्रममा आधुनिक, लोक तथा समसामयिक नृत्य विधाका आकर्षक प्रस्तुति रहने बताइएको छ।
फाइनल कार्यक्रममा चर्चित नृत्य निर्देशक सुनिल क्षेत्रीको विशेष सहभागिता रहनेछ। उनको उपस्थितिले प्रतियोगितालाई अझै आकर्षक र प्रेरणादायी बनाउने अपेक्षा गरिएको छ।
स्थानीय कला, संस्कृति र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको धनगढी डान्स च्याम्पियनसिपले यस वर्ष पनि दर्शकहरूको उल्लेख्य उपस्थिति रहने आयोजकको विश्वास छ। फाइनल कार्यक्रममार्फत निर्णायकको निर्णयपछि सिजन ४ का विजेता घोषणा गरिनेछ।
