आईतवार, श्रावण १७ १७:३०
बहुप्रतीक्षित ‘हली’को प्रतीक्षा दिन अब समाप्त हुँदै, धनगढीमा व्यापक प्रचारप्रसार
। नेपाली कथानक चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाइएको छ।प्रचार अभियानअन्तर्गत यतिखेर सुदूरपश्चिमका विभिन्न स्थानमा अटोरिक्सामार्फत चलचित्रको प्रचार भइरहेको छ। धनगढीको फुलबारी, कैलारी गाउँपालिका तथा कञ्चनपुरका डोकेबजार, पुरनबासलगायतका क्षेत्रमा अटोरिक्सा र प्रचार सामग्रीमार्फत दर्शकमाझ चलचित्रबारे जानकारी पुर्याउने अभियान सञ्चालन गरिएको छ।सुदूरपश्चिमको सामाजिक यथार्थ, हलिया प्रथा, छाउपडी तथा ग्रामीण जनजीवनको कथा प्रस्तुत गरिएको ‘हली’प्रति यस क्षेत्रका दर्शकमाझ विशेष उत्साह देखिएको छ। निर्माण पक्षले प्रदर्शनअघि देशका विभिन्न स्थानमा यस्तै प्रचार अभियानलाई निरन्तरता दिने जनाएको छ।