२० भाद्र २०८३, शनिबार
मौलिक कला र संस्कृतिको पहिचान जोगाउँदै लुधियानामा गौरा तथा तीज विशेष कार्यक्रम सम्पन्न
शुक्रबार, भाद्र १९ १४:०२

मौलिक कला र संस्कृतिको पहिचान जोगाउँदै लुधियानामा गौरा तथा तीज विशेष कार्यक्रम सम्पन्न

लुधियानामा गौरा–तीज विशेष कार्यक्रम, बाढीपीडितका लागि ३२ हजार सहयोग

लुधियाना । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउडा गीत प्रतिष्ठान पञ्जाब, लुधियानाको मुख्य आयोजनामा गौरा तथा तीज विशेष सांस्कृतिक कार्यक्रम–२०८३ सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष लोकेश बाबुको सभापतित्व तथा समाजसेवी एवं युवा अभियन्ता युवराज बराइलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आमन्त्रित कलाकार **सुरेन्द्र संगम डोट्याल (बड्डा)**को विशेष पहलमा रु. ३२ हजार रकम संकलन गरिएको थियो। उक्त रकम नेपालमा हालै आएको बाढीबाट प्रभावित बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको जनाइएको छ।

आयोजकका अनुसार बाढी आउनुभन्दा करिब एक महिनाअघि नै कार्यक्रमको मिति तय गरिएको थियो। तर, केही व्यक्तिबाट कार्यक्रम रोक्न दबाब तथा अवरोध सिर्जना गर्ने प्रयास भए पनि कार्यक्रमलाई निरन्तरता दिइएको थियो।

कलाकार, निर्देशक तथा कमेडियन डोट्याल बड्डाको विशेष पहलमा कार्यक्रमलाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रममार्फत रकम संकलन गरी बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन संस्थापक विकास साउद, नारायण भट्ट, लोकदेउडा गायक खुमन सिंहलगायत संस्थाका पदाधिकारी, कलाकार, संस्कृतिप्रेमी, सहयोगी तथा दाताहरूको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा गौरा तथा तीजसँग सम्बन्धित मौलिक संस्कृति, देउडा तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। आयोजकले प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

Sharing is caring!

Latest News

फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामाग्री लिएर पुगिन् बाढीपीडितको माझ
शुक्रबार, भाद्र १९ १४:०२