१९ बैशाख २०८३, शनिबार
बिहीबार, भाद्र ५ १५:५६

बिपद ब्यबस्थापन रणनीतिक कार्ययोजना निर्माणका लागि छलफल


धनगढी उप–महानगरपालिकाको बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माणका लागि बिहीबार छलफल भएको छ ।
धनगढी उप–महानगरपालिकाको आयोजनामा भएको छलफलमा बिपद ब्यबस्थापनका क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टका अनुसार बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माणका लागि संयुक्त राष्ट्रिसंघिय विकास कोषले प्राविधीक सहयोग गर्ने भएको छ । चार महिना भित्र नै धनगढी उप–महानगरपालिकाको बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना तयार गरिसक्नेगरी काम थालिने उप–प्रमुख भट्टले बताईन ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले ब्यावहारीक र कार्यान्वयनमूखी बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माणका लागि सरोकारवालाहरु संग छलफल गरिएको बताए । प्रमुख प्रशासकिय अधिकृत सापकोटाका अनुसार नगरप्रमुख संयोजक र उप–प्रमुख सह संयोजक रहने गरी बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना तयारी समिति गठन गरिएको छ ।
संयुक्त राष्ट्रिसंघिय विकास कोषका कृष्णराज काफ्लेका अनुसार बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माणका लागि प्राविधीक सहयोग गर्न डाक्टर निर्मला बिश्वकर्मालाई तोकिएको छ । आगामी संसिर भित्र बिपद ब्यबस्थापन नीति तथा रणनितिक कार्ययोजना तयार भैसक्ने पनि काफ्लेले बताए।

Sharing is caring!

Latest News

डडेल्धुरामा झाडापखालाको बिरामीको संख्या ८१ पुग्यो
बिहीबार, भाद्र ५ १५:५६
भाद्र १० गते धनगढी गाईजात्रा
बिहीबार, भाद्र ५ १५:५६