२३ आश्विन २०८३, शुक्रबार
एकल रिलिज भयो चलचित्र ‘अक्षरा’, दर्शकको साथ पाउने अपेक्षा
शुक्रबार, आश्विन २३ १२:०७

एकल रिलिज भयो चलचित्र ‘अक्षरा’, दर्शकको साथ पाउने अपेक्षा

काठमाडौं – विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। अभिभावकले छोरीको इच्छाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रले सामाजिक यथार्थलाई पर्दामा प्रस्तुत गरेको छ।

चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूका साथै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको छ भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्।

निर्माता उग्रसेन ढुङ्गानाको मूल कथामा आधारित चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

सुरुमा ‘अक्षरा’सँगै प्रदर्शनमा आउने भनिएको चलचित्र ‘टनेल २६’ अन्तिम समयमा आएर प्रदर्शन स्थगित भएपछि ‘अक्षरा’ले एकल रिलिजको अवसर पाएको छ। प्रतिस्पर्धी चलचित्र नहुँदा दर्शकमाझ आफ्नो उपस्थिति बलियो बनाउने अवसर पाएको ‘अक्षरा’ले यसबाट कति फाइदा उठाउन सक्छ, त्यो भने आगामी दिनमा दर्शकको प्रतिक्रियाले तय गर्नेछ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘अक्षरा’ले आफ्नो कथावस्तु र कलाकारको अभिनयमार्फत दर्शकको मन जित्न सक्छ वा सक्दैन, त्यसका लागि यसको प्रदर्शन यात्रा कस्तो रहन्छ भन्ने हेर्न बाँकी छ।

Sharing is caring!

Latest News

शहिद शरद कुमार गौचनको नवौँ स्मृति दिवसमा स्मृति सभा, सेती अस्पतालका बिरामीलाई फलफूल वितरण
शुक्रबार, आश्विन २३ १२:०७
‘बा : एक योद्धा’पछि चर्चामा दिव्य देव पन्त
शुक्रबार, आश्विन २३ १२:०७