१९ बैशाख २०८३, शनिबार
बिहीबार, भाद्र ५ १६:००

भाद्र १० गते धनगढी गाईजात्रा

धनगढी जेसीज र जेसीज एभरेष्ट पूर्व विद्यार्थी संघको आयोजनामा भाद्र १० गते धनगढीको ऊ पार्टी प्यालेसमा गाईजात्रा हुने भएको छ । 
समाजमा बढ्दै गईरहेको विकृति, विसंगति, राजनीतिक वेथिति र समसामयिक विषयहरुलाई व्याङ्गात्मक ढंगले प्रस्तुति गर्ने र जनचेतना समेत अभिवृद्धि गर्ने उद्देश्यले गाईजात्राको आयोजना गरिएको धनगढी जेसिज र जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । 
गाईजात्रामा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मनोज गजुरेलको नेतृत्वमा चर्चित अनुहार शैलेन्द्र सिम्खडा, सुरेन्द्र के.सी (मुलासाग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायत स्थानिय कलाकारहरुको दमदार प्रस्तृति रहने धनगढी जेसिजका अध्यक्ष नरेन्द्र अवस्थीले जानकारी दिए । 


कार्यक्रमबाट संकलित रकम धनगढी जेसिजको बहुउद्देश्यीय सभाहल निर्माणमा लगाउने जनाईएको छ । 
जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघका अध्यक्ष खेम राज जोशीले आम धनगढी बासीहरुमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दै कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न सबैको सहयोगको आवश्यक रहेको बताए । 
धनगढी जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा गाईजात्रा कार्यक्रमका संयोजक कलेन्द्र शाहीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । भाद्र १० गते साँझ ५ बजेदेखि शुरु हुने गाईजात्राको टिकट दर रु १ हजार ५ सय, १ हजार र ५ सय रहेको जानकारी दिएको छ । 

Sharing is caring!

Latest News

बिपद ब्यबस्थापन रणनीतिक कार्ययोजना निर्माणका लागि छलफल
बिहीबार, भाद्र ५ १६:००
सुदूरश्चिमाञ्चल एकेडेमी द्वारा विएचएम र विआइएम अध्यापन सुरु
बिहीबार, भाद्र ५ १६:००