सुदूरश्चिमाञ्चल एकेडेमी द्वारा विएचएम र विआइएम अध्यापन सुरु
भाद्र, ०५ धनगढी
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सुदूरश्चिमाञ्चल एकेडेमी (एसपिए) ले नयाँ विषय अन्तर्गत त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (विएचएम) र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (विआइएम) कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेको छ ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा आज एक समारोहका बिच दुबै नयाँ शैक्षिक कार्यक्रमको उद्घाटन गरिएको हो । मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका क्षेत्रमा बिकाशका लागी प्राविधिक तथा व्यवसायिक शिक्षा र पर्यटनका बिषयलाई अगाडी बढाउनु पर्ने मन्त्री भट्टले जोड दिनु भयो ।

मन्त्री माया भट्ट
उद्योग, पर्यटन, वन तथा वातावरण
सुदूरपश्चिम प्रदेश
मन्त्री माया भट्ट
एकेडेमीका प्रवन्ध निर्देशक सुवास शाहीले कलेजले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यी दुई विषयहरू सञ्चालनमा ल्याइएको हो । दुवै विषय टेक्निकल विषय र स्नातक तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा लिन चाहने विद्यार्थीहरूका लागि विएचएम उपयुक्त विषय रहेको शाहीले बताउनु भयो ।

सुवास शाही निर्देशक सुदूरश्चिमाञ्चल एकेडेमी
यस क्षेत्रको समग्र विकासका लागी यी विषयहरुको अध्ययन तथा अध्यापनले महत्वपुर्ण योगदान दिन सक्ने र यस प्रदेशको मुटुको रुपमा रहेको धनगढीमा सञ्चालित एसपिएले विभिन्न संकाय अन्तरगत नयाँ, युग सुहाउदो, सिप र रोजगारमुलक विषयको अध्यापन गराउदै आएको छ ।
