शुक्रबार, भाद्र ६ १७:०७
सुदुरपश्चिम फाउण्डेशन, अध्यक्षमा शाह
सामाजिक कार्यमा युवा सक्रियता बढाउने उद्देश्यका साथ सुदूरपश्चिम फाउन्डेशन स्थापन भएको छ । युवाहरुलाई स्वरोजगार बनाउन तथा प्रदेशको सामाजिक, आर्थिक, औद्योगिक क्षेत्रमा लाग्न प्रेरित गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने धेयका साथ फाउन्डेशन स्थापन भएको हो ।
धनगढीका युवा भरत शाहको अध्यक्षतामा कार्यसमिति बनाउँदै फाउन्डेशन गठन गरिएको हो । शाहको अध्यक्षतामा ११ सदस्यीय समिति बनाइएको छ । युवाहरुलाई सामाजिक कार्यमा सक्रिय बनाउनु नै फाउन्डेशनको मुख्य लक्ष्य रहेको अध्यक्ष शाहले बताए ।
फाउण्डेशनले आर्थिक सामाजिक, पर्यटन, कृषि लगायतको क्षेत्रमा काम गर्ने छ । सुदुरपश्चिम फाउण्डेशन नाफारहित सामाजिक संस्था हो ।
