ऐश्वर्य बहुमुखी क्याम्पसलाई (क्यूएए) प्रमाणपत्र प्रदान
धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । बिश्व विद्यालय अनुदान आयोगले ऐश्वर्य बहुमुखी क्याम्पसलाई आईतबार काठमाण्डौंमा एक समारोहका बिच गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्रदान गरेको हो ।

(क्यूएए) प्रमाणपत्र
धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष नृपबहादुर वड, क्याम्पस प्रमुख धर्मदेव भट्ट, सुदूरपश्चिम बिश्वविद्यालयका पूर्व रजिष्टार, क्याम्पस ब्यबस्थापन समितिका सल्लाहकार डाक्टर हेमराज पन्तले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) को प्रमाणपत्र बुझेका थिए । बिश्व विद्यालय अनुदान आयोगका अध्यक्ष डाक्टर भिम प्रशाद सुवेदीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष नृपबहादुर वडले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र बझ्दा सबैभन्दा पहिले अभिभावकहरु, प्रध्यापकहरु र विद्यार्थीलाई सम्झीएको बताए । ऐश्वर्य बहुमुखी क्याम्पस देशमै क्यूएए पाउने ३७ क्याम्पस भएको ब्यबस्थापन समितिका अध्यक्ष वडले बताए ।
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्टले यो सफलतामा पुग्नुका पछाडी क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन र विद्यार्थी सबैको हात रहेको बताए । अव हामी संग अवसर र चुनौती दुबै छन् क्याम्पस प्रमुख भट्टले भने, गुणस्तरलाई कुनै कारणले पनि घट्न दिदैनौं यसमा ढुक्क रहन सबैमा निवेदन गर्दछु ।

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्ट
समकक्षी पुनरावलोकन समुह ( पि.आर.टी.) ले ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) सम्वन्धी अन्तीम प्रतिवेदन साउन महिलो साता सार्वजनिक गरेको थियो । बिश्व विद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह पिआरटीका संयोजक सुतिती हाडा श्रेष्ठको समुह तीन बर्ष देखि अध्ययनमा थियो ।
तीन बर्ष सम्म पटक पटक क्याम्समा पुगेर पुनरावलोक गरेको बताउदै संयोजक श्रेष्ठले भनिन् ,यहाँको क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन, विद्यार्थीको असल सम्वन्ध, सकारात्मक सोच र केहि गरौ भन्ने भावनाबाट हामी सबैभन्दा बढी प्रभावित भयौं । अनुदान आयोग समकक्षी पुनरावलोकन समुहले दिएका सुझावहरु ऐश्वर्य बहुमुखी क्याम्पसले कल्पना गरेको भन्दा राम्रो सुधार ग¥यो संयोजक श्रेष्ठले बताईन । त्यसैले समयमा क्यूएए प्राप्त ग¥यो ।
