मंगलवार, भाद्र १७ ११:५५
कैलालीको गोदावरी बनखेतमा आगलागी हुदाँ लाखौँ मुल्यका धनमाल नष्ट
अत्तरिया – कैलालीको अत्तरियामा सोमवार साझँ एक घरमा आगलागी भएको छ । गोदावरी नगरपालिका वडा नं २ उत्तरबनखेतमा बस्दै आएका रमेश बि.कको घरमा आगलागी भएको हो ।
आगलागीवाट लाखौँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस पछाडी रहेको सानो कच्ची घरमा आगलागि भएको हो । नयाँ पक्की घर बनाइसेपनि रंगरोदनको काम बाकि रहेकाले पक्की घरमा रंग लगाउन सबै सामानहरु कच्ची घरमा राखेका बेला आगलागी भएको परिवारिक स्रोतले जनाएको छ ।आगलागीवाट कच्ची घरमा राखिएको एउटा मोटरसाईकल , अन्न , लत्ता कपडा , खाना पाकाउने ग्यास चुलो र महत्वपुर्ण कागजातहरु सबै जलेर नष्ट भएको हो ।
घरमा आगो लागेपछि गोदावरी नगरपालिकाको दमकल , ईलाका प्रहरी कार्यालय मालाखेतीको टोली र स्थानियबासीले आगो नियन्त्रणमा लिएका स्थानिय नरेश योगीले जानकारी दिए ।
