मंगलवार, भाद्र १७ १२:२४
गोरु गोठमा बस्दै आएकी चेलीको दृष्टि फाउण्डेसनले गर्यो उद्धार
कैलाली , दृष्टि फाउण्डेसनले गोदावरी नगरपालिका वाड न ११ बाट एक चेलीको उद्धार गरेको छ।देशभरी तीजको रमझम चली रहेको बेला दृष्टि फाउण्डेसनकि सन्चालिका कल्पना भट्ट आफ्नो समाज प्रतीको दायित्व पूरा गर्न मै ब्यस्त छिन ।उक्त्त महिला बिगत १ बर्ष देखि गोरु गोठमा बस्दै आएकी स्थनिय बासिन्दाले बताएका छ्न।उक्त महिला लाई गोदावरी नगरपालिका वाड न ११ का वाड अध्यक्ष शिव बहादुर बि.क र वाड न १० का स्थानिय युवा राजन जैगडीको पहलमा उद्धार गरिए को हो।

आहिले दृष्टि फाउण्डेसन मा २७ जना मानसिक रोगी महिलाहरु बस्दै आइरहेका छ्न।पर्याप्त बसोबास र आर्थिक सङकट को समस्या मा रहेको फाउण्डेसन संचालन मा आएको १ बर्ष ४ महिना पुगि सक्दा पनि सरकारी निकाए बाट कुनै पनि किसिम को पहल नभए को फाउण्डेसन कि अध्यक्ष कल्पना भट्ट ले बताउनु भएको छ।
