१८ बैशाख २०८३, शुक्रबार
मंगलवार, भाद्र १७ १७:४९

नेपाल जनस्वस्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिद्वारा रजिष्ट्रार भट्ट सम्मानित


धनगढी,  नेपाल जनस्वस्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिले नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पहिलो सुदुरपश्चिमेली रजिष्ट्रार दिपकराज भट्टलाई धनगढीमा सम्मानित गरिएको छ ।

नेपाल जनस्वस्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिले परिषद्मा सुदुरपश्चिमेली व्यक्ती पहिलो रजिष्ट्रार पाएको भन्दै भट्टलाई सम्मानित गरेको हो । नेपाल जनस्वस्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिको आफैनै सभा कक्षमा स्वागत तथा बधाई ज्ञापन कार्यक्रम गरेर रजिष्ट्रार भट्टलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै राजिष्ट्रार भट्टले नेपाल स्वास्थ्य व्यवसायी परिषद् आबद्ध रहेका सम्पुर्णको हकहितका लागि लाग्ने बताए । स्वस्थ्य व्यबसायीलाई व्यबस्थीत ढंगले अघाडी लैजान नयाँ रणनीति बनाईरहको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल जनस्वस्थ्य संघमा आबद्ध स्वास्थ्यकर्मीले सुदूरपश्चिम प्रदेशका समस्याहरु राखेका थिए । नेपाल जनस्वस्थ्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दया पन्तले नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पहिलो सुदुरपश्चिमेली रजिष्ट्रार दिपकराज भट्टको नियुक्ती संगै यस क्षेत्रको समस्या सामाधान गर्न सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

कञ्चनपुरको भिमदत्त नगरपालिका २ निवासी नवनियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार दिपकराज भट्ट विगत १७ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनु भएको छ । लामो समय भट्टले सुदुरपश्चिमका विभिन्न जिल्लामा रहेर पनि काम गर्नुभएको थियो । भट्ट नेपाल सरकारको उप प्रधानान्त्री स्तरीय वैठकबाट नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा नियुक्त हुनुभएको हो । सोमबार मात्रै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

Sharing is caring!

Latest News

गायक चेतन बोहराको”हान पैतली” म्युजिक भिडियो सार्वजनिक
मंगलवार, भाद्र १७ १७:४९
धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी २०७६ हुने ।
मंगलवार, भाद्र १७ १७:४९