धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी २०७६ हुने ।
कैलाली
कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा असोज १२ गते देखि १५ गते सम्म धनगढीमा दोस्रो “निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी २०७६ हुने भएको छ ।
हार्डवेयर व्यवसायी संघ, उत्पादक कम्पनी र उपभोक्क्ता विचको दूरी कम गर्न “निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी २०७६ ले फाइदाँ पुग्ने कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले बताए । हार्डवेयर प्रदर्शनीका बारेमा जानकारी दिन धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राठीले यस हार्डवेयर प्रदर्शनीमा राष्ट्रि तथा अन्राष्ट्रिय उत्पादक कम्पनीले उत्पादन गरेका सामाग्रीको प्रर्दशन हुने बताए ।
गत बर्षपनि सम्पन भएको यस किसिमको प्रदर्शनी मेलाले यस प्रदेशको आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेलेको उहाँले बताउनु भयो ।
संघिय इकाइ प्रहरी कार्यालयको मैदानमा लाग्ने हार्डवेयर प्रदर्शनी मेलामा ७५ वटा स्टल रहने कैलाली हार्डवेयर व्यवसायी संघका महासचिव कुवेर शाहीले बताए । उनले यस हार्डवेयर प्रदर्शनी मेला बाट यस क्षेत्रका उपभोक्ताले फाइदा लिन सक्ने बताए ।
