१५ असार २०८३, सोमबार
सोमबार, भाद्र २३ १०:५५

क्यानाडाका सिटि बसमा सुदूरपश्चिम पर्यटकीय स्थलको प्रचार


क्यानाडा ,

क्यानाडाका सिटि बसमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलका तस्विरहरु राखी प्रचार प्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाई तथा नेपाल र क्यानाडामा रहेका विभिन्न संघ संस्थाको सहकार्यमा सो अभियान थालिएको हो । मिसिसागाका १० वटा सार्वजनिक बसमा नेपालको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्विनी, पोखरा, नेपालकी जीवित देवी कुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका पर्यटकीय गन्तव्यस्थलहरु राखिएका छन् ।


बडिमालिका

दुई महिनासम्म मिसासागा, टोरन्टो, ब्रहामटन लगायतका सहरमा यसरी प्रचार प्रसार गरिने मानार्थ प्रतिनिधि टण्डनले बताए । शनिवार क्यानाडाको मिसिसागा रिभरवड पार्कमा नेपाल झल्काउने तस्विर अंकित सिटि बस ल्याई पञ्चकन्याका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मिसिसागाका सांसद दीपक आनन्दले सिटि बसको प्रचारप्रसारले भ्रमण वर्षलाई सघाउ पुर्याउने बताए । आफू पनि भिजिट नेपाल २०२० का बीच सपरिवार नेपाल जाने बताउँदै उनले अरु क्यानाडीयन पर्यटकहरुलाई पनि नेपाल जान आग्रह गरेका छन् ।

नेपाल पर्यटन बोर्डको समन्वयमा, क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंच, टिपिएन नेपाल, गोइङ्ग नेपाल, एभिन्यूज खबर सुदूरपश्चिम प्रदेश ब्यूरो कार्यालयको सहकार्यमा यसरी पर्यटन प्रवद्र्धनको प्रचार प्रसार सुरु गरिएको हो । क्यानाडाका सार्वजनिक बसमा भिजिट नेपालको लागोसहित सुन्दर पर्यकीय स्थलहरुको फोटो देख्दा क्यानेडियन नागरिकहरु नेपालका वारेमा सोध्न थालेका छन् । क्यानाडामा रहेका गैरआवासीय नेपालीहरुले यो अभियानको पं्रससा गरेका छन् । विश्वमा नेपाल चिनाउने अभियन्ताका रुपमा चिनिने क्यानेडियन नेपाली नरबहादुर टण्डनले व्यक्तिगत रुपमा करिव १६ लाख बढी रुपैया खर्चेर यो अभियान थालेका हुन । क्यानाडा तथा अमेरिकामा नेपाल भ्रमण वर्षको तीव्र प्रचार प्रसार गर्न टण्डनले सवैलाई अनुरोध गरेका छन् । प्रचार प्रसारका लागि क्यानाडा पुगेका एभिन्यूज खबरका सुदूरपश्चिम प्रदेश प्रमुख हिक्मत रावलले क्यानाडामा थालिएको प्रचारले क्यानेडिन तथा अमेरिकी नागरिकलाई नेपाल जान लोभ्याउने बताए ।

Sharing is caring!

Latest News

बिबश र सर्मिला चौधरी बने (बन मान्छे) करिना धोति डान्स(शुटिङ्ग रिपोर्ट हेर्नु होस )
सोमबार, भाद्र २३ १०:५५
सहकारीलाई बैंकको रुपमा नबुझ्न नगर प्रमुख वडको आग्रह
सोमबार, भाद्र २३ १०:५५