१८ बैशाख २०८३, शुक्रबार
आईतवार, आश्विन ५ १८:३२

पाँचौ संस्करणको फारवेष्ट पशुपति कप २०७६ हुने

पाँचौ संस्करणको फारवेष्ट पशुपति कप २०७६ पुसको पहिलो सातादेखि सञ्चालन हुने भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले आईतबार पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करणको फारवेष्ट पशुपति कप पुस ४ गतेदेखि आयोजना हुने जानकारी दिएको हो। प्रतियोगिता धनगढी रंगशालामा आयोजना गरिने छ।  क्लबका अध्यक्ष खेम रावतका अनुसार प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले ढाई लाख पाउने छन्। चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो। २०७२ सालदेखि सुरु भएको प्रतियोगिताको पहिलो संस्करणको विजेताले एक लाख र उपविजेताले पचास हजार नगद पुरस्कार पाएको थियो। प्रतियोगिताको पाँचौ संस्करणमा नौ लाख नगद पुरस्कार राशी रहेको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको लागत झण्डै ४५ लाख रहेको छ। फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो।

उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन्।

Sharing is caring!

Latest News

संविधान संशोधन हुनुपर्ने थरुहटको अडान
आईतवार, आश्विन ५ १८:३२
जन्म दिनको अवसरमा खाद्यान्न र फलफुल वितरण
आईतवार, आश्विन ५ १८:३२