१८ बैशाख २०८३, शुक्रबार
सोमबार, आश्विन ६ १७:२१

दशैंका लागि १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट आउँदै

काठमाडौं, । नेपाल राष्ट्र बैंकले दशैंका लागि १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले यस अघि नै छापिएका नयाँ नोटलाई पनि दशैंमा वितरण गर्ने योजना बनाएको छ ।

राष्ट्र बैंकले दशैंलाई लक्षित गरी प्रत्येक वर्ष नयाँ नोट छाप्ने गथ्र्यो । तर, नोट पुरानो हुँदा वार्षिक ३० करोड रुपैयाँ नोक्सान हुने गरेको राष्ट्र बैंकले जनाएको छ । त्यसैले यस वर्ष पहिले नै छापिएका सुकिला नोटलाईसमेत वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हालसम्म ४ खर्ब १७ अर्ब रुपैयाँबराबरका नोट जलाएर धुल्याइएको छ । च्यातिएर, मक्किएर रहेका नोट बजारबाट खिचेर राष्ट्र बैंकले जलाउने गरेको छ । ३ वर्षयता मात्रै १ खर्बबराबरका रुपैयाँ जलाइएका हुन् । राष्ट्र बैंकले यो वर्षका लागि असोज १० गतेदेखि १७ गतेसम्म नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।

त्यस्तै यो वर्ष कुनै पनि नोटमा रंग लगाएर नोट विगारेमा प्रचलित कानुन बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ। दशैं लगायतका चाडमा नयाँ नोटमा रंग लगाउने, केरमेट गर्ने, नोटको आकार विगार्ने लगायतका काम हुने भएको भन्दै यस्तो कार्य नगर्नसमेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

Sharing is caring!

Latest News

अटोरिक्सा तथा बिधुतीय रिक्सा चालकहरुलाई ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण
सोमबार, आश्विन ६ १७:२१
दार्चुला नौगाड गाउँपालिका‘सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार
सोमबार, आश्विन ६ १७:२१