धनगढीमा दोस्रो निर्माण सामग्री सम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला सुरु,
धनगढी,
कैलाली हार्डवेयर व्यवसायी सङ्घको आयोजनामा धनगढीमा दोस्रो निर्माण सामग्री सम्बन्धी ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ सुरु भएको छ । धनगढीको सङ्घीय एकाइ प्रहरी कार्यालयको मैदानमा असोज १२ गतेदेखि १५ गतेसम्म चल्ने प्रदर्शनीमा निर्माण तथा हार्डवयर सामाग्रि सम्वन्धी ५० स्टल रहेका छन् ।

आइतरवार बिहान धनगढी चौराहबाट विभिन्न बाँजा गाजा र झाकि रहित सुरु भएको ¥याली कार्यक्रम स्थल सङ्घीय प्रहरी एकाइ कार्यालयको मैदानमा प्रवेश गरको थियो । प्रदर्शनिको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले निजीक्षेत्रलाई मर्का नपर्नेगरी प्रदेश सरकारले ऐन बनाइरहेकाले निर्धक्क भएर लगानी गर्न निजीक्षेत्रलाई आग्रह गरे । मन्त्री बोहराले प्रदेशको अर्थतन्त्र सुधारका लागी यसै बर्ष प्रदेशका राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्ने तयारी भइरहेको बताए ।

निजिक्षेत्रको सहभागिता बिना समाजबादको यात्रा अगाढी बढ्नै नसक्ने बताउदै मन्त्री बोहराले व्यवसायीबाट सरकारले मनलाग्दी कर नअसुलेको दावी गरे । प्रदेशमा आर्थिक गतिविधी बढाउन सरकाले औद्यौगित क्षेत्र स्थापना गरिरहेको मन्त्री बोहराले बताए । कैलालीको डुडेझारी र कञ्चनपुरको दैजीमा औधौगित क्षेत्र स्थापना गर्न पहल भइरहेको उनले दावी गरे ।

उद्घाटन सत्रमा व्यवसायिहरुले आ–आफ्ना विभिन्न समस्या पोखे । औधौगित क्षेत्र नहुँदा प्रदेशमा आर्थिक कान्ति अघि बढ्न नसकेको उनीहरुका तर्क थिए । प्रदर्शनिमेला असोज १५ गतेसम्म चल्ने छ ।
