१९ बैशाख २०८३, शनिबार
सोमबार, श्रावण ६ १३:१४

सुदूरपश्चिममा नेकपाको ९ जिल्लाकै इन्चार्ज र सह इन्चार्जको टुङ्गो लाग्यो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सुदूरपश्चिमका ९ वटै जिल्ला इन्चार्ज तथा सह–इन्चार्ज तोकेको छ। आज बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले इञ्चार्ज तथा सह–इन्चार्ज तोकेको हो। कैलाली जिल्लाको ईन्चार्जको जिम्मेवारी रुपा चौधरीलाई दिईएको छ भने ७ जना सह–इन्चार्ज रहेका छन् ।

तत्कालीन एमालेबाट मदनकुमारी शाह, झपट बहादुर रावल, नारदमुनी राना, महेश्वर पाठक र तत्कालीन माओवादी केन्द्रबाट बिरमान चौधरी, लिलाकुमारी भण्डारी र हरिनारायण चौधरीलाई सह–इन्चार्जको जिम्मेवारी दिईएको छ । यस्तै कञ्चनपुर जिल्ला इन्चार्जको जिम्मेवारी तत्कालीन एमालेका बिक्रम शाहीले पाएका छन् भने सह–इन्चार्जमा तत्कालीन एमालेका नीरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली, लाल बहादुर विश्वकर्मा र तत्कालीन माओवादीका देवीलाल चौधरीलाई राखिएको छ ।

डोटीको जिल्ला इन्चार्ज तत्कालीन एमालेका प्रेम बहादुर आले र सह–इन्चार्ज तत्कालीन एमालेकै गौरी ओली, डडेल्धुराको इन्चार्ज तत्कालीन माओवादीका खगराज भट्ट र सह–इन्चार्ज तत्कालीन एमालेकी निरादेवी जैरुलाई तोकिएको छ । यस्तै अछामको इन्चार्जमा तत्कालीन माओवादीका तारामान स्वाँर र सह–इन्चार्ज तत्कालीन माओवादीकै शरदसिंह भण्डारी, बझाङमा इन्चार्ज तत्कालीन एमालेका भैरवबहादुर सिह र सह इन्चार्ज तत्कालीन माओवादीका देवराज रेग्मी, बाजुरामा इन्चार्ज तत्कालीन एमालेका लालबहादुर थापा र सह इन्चार्ज एमालेकै प्रकाश बहादुर शाहलाई तोकिएको छ ।

बैतडीको इन्चार्जको जिम्मेवारी तत्कालीन मओवादीका नरेन्द्र बहादुर कुँवर र सह–इन्चार्जको जिम्मेवारी माओवादीकै रेणु चन्द र तत्कालीन एमालेका पुरनसिंह दयालले पाएका छन् । दार्चुलाको इन्चार्जको जिम्मेवारी तत्कालीन एमालेका गणेश ठगुन्नाले पाएका छन् ।

Sharing is caring!

Latest News

धनगढीका वडातहमा शारिरिक तन्दुरुस्ती शिविर संचालन
सोमबार, श्रावण ६ १३:१४
तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना,सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
सोमबार, श्रावण ६ १३:१४