१९ बैशाख २०८३, शनिबार
आईतवार, श्रावण ५ १९:०४

धनगढीका वडातहमा शारिरिक तन्दुरुस्ती शिविर संचालन

धनगढी उप–महानगरपालिकाको वडा तहमा रीरिक तन्दुरुस्ती चेक जाँच शिविर सुरु गरेको छ ।
आईतबार वडा नं १ स्थीत सरस्वती आधारभूत विद्यालयमा चेकजाँच शिविर सुरु भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं २ मा ७ र ८ गते, वडा नं ३ मा ९ र १० गते, वडा नं ४ मा ११ र १२ गते, वडा नं ५ मा १३ र १४ गते , वडा नं ६ मा १५ र १६ गते, वडा नं ७ मा १७ र १८ गते, वडा नं ८ मा १९ र २० गते, वडा नं ९ मा २१ र २२ गते , वडा नं १० मा २३ र २४ गते शिविर संचालन गरिने छ ।


त्यसैगरी वडा नं ११ मा २५ र २६ गते, वडा नं १२ मा २७ र २८ गते, वडा नं १३ मा २९ र ३० गते, वडा नं १३ मा ३१ र ३२ गते , त्यसैगरी वडा नं १४ मा भदौ १ र २ गते, वडा नं १५ मा ३ र ४ गते, वडा नं १६ मा ५ र ६ गते, वडा नं १७ मा ७ र ८ गते, वडा नं १८ मा ९ र १० गते र वडा नं १९ मा ११ र १२ गते गरी हरेक वडामा २ दिन शिविर चल्ने छ ।

नगरबासीको निशुल्क स्वास्थ्य परिक्षण गर्नका लागि शिविर संचालन गरिरहेका छौं नगरप्रमुख वडले भने, यस शिविरबाट बढी भन्दा बढीलाई सेवा लिन म आग्रह गर्दछु । धनगढी उप–महानगरपालिकाको सहयोग तथा सुदूरपश्चिम एकेडेमीको आयोजनामा शिविर संचालन भैरहेको हो ।

Sharing is caring!

Latest News

ऐश्वर्यलाई गुणस्तरीयताको प्रमाणपत्र दिने अन्तीम तयारी ः श्रेष्ठ
आईतवार, श्रावण ५ १९:०४
सुदूरपश्चिममा नेकपाको ९ जिल्लाकै इन्चार्ज र सह इन्चार्जको टुङ्गो लाग्यो
आईतवार, श्रावण ५ १९:०४