ऐश्वर्यलाई गुणस्तरीयताको प्रमाणपत्र दिने अन्तीम तयारी ः श्रेष्ठ
बिश्व विद्यालय अनुदान आयोग सहपाठी पुनरावलोकन समुह ( पि.आर.टी.) का संयोजक सुनिती हाडा श्रेष्ठले ऐश्वर्य बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रदान गर्ने अन्तीम तयारी भैरहेको बताएकी छन् ।
आईतबार ऐश्वर्य बहुमुखी क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन संगको अन्तीम फलोअप भेटघाटमा सहपाठी पुनरावलोकन समुहका संयोजक श्रेष्ठले सो कुराको जानकारी दिएकी हुन । हामीले दिएको सुझावमा ऐश्वर्य बहुमुखी क्याम्पसले कल्पना गरेको भन्दा राम्रो सुधार ग¥यो संयोजक श्रेष्ठले भनिन् , यो अन्तिम फलोअप बैठक हो । आफुहरुले अन्तीम प्रतिवेदन विश्व विद्यालय अनुदान आयोगमा पेश गर्ने बित्तिकै ऐश्वर्य बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र पाउँछ । संयोजक श्रेष्ठले देशभरीमा अहिले सम्म ऐश्वर्य बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) पाउने ३४ वटा क्याम्पस मात्रै रहेको बताईन । उनले भनिन् ऐश्वर्य ३५ देखि ३६ औ क्याम्पस हुनेछ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नृपबहादुर वडले ऐश्वर्य बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) भनेको गुणस्तर चिन्ह जस्तो भएको बताए । शिक्षाका क्षेत्रमा ऐश्वर्य देशमै गुणस्तरीय शिक्षा दिने क्याम्पसका रुपमा विश्वविद्यालय अनुदान आयोगबाट प्रमाणित हुने भएकाले सबैका लागि खुशीको कुरो हो नगरप्रमुख वडले भने, यो प्रमाणपत्र पाँच बर्षका लागि हुन्छ । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. हेमराज पन्तले सबै क्याम्पसले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र नपाउने बताए । उनले भने, यो प्रमाणपत्र प्राप्त गरेमा ऐश्वर्य देशको गुणस्तरीय शिक्षा दिने क्याम्पसमा दर्ज गर्दछ ।
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्टले क्यूएएका लागि मात्रै नभएर निरन्तर पढाईको गुणस्तर सुधारका लागि आफुहरु लागि परेको बताए । ऐश्वर्य बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) पाउने अवस्था सम्म पु¥याउने सबै प्रति क्याम्पस प्रशासन आभारी रहेको पनि प्रमुख भट्टले बताए । २०७५ चैत बाट सहपाठी पुनरावलोकन समुहले अध्ययन गर्न थालेको थियो ।
