भोलिवाद त्याग्न कर्मचारीहरुलाई निर्देशनःनगरप्रमुख वड
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भोलिवाद त्याग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।सोमबार धनगढी उप–महानगरपालिका आर्थिक बर्ष २०७६÷०७७ को नीति कार्यक्रम तथा बजेटको अख्तीयारी प्रदान गर्न आयोजित कार्यक्रममा नगरप्रमुख वडले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन । स्थानीयतह र जनताहरुको प्रत्यक्ष सम्वन्ध जोडिएको हुन्छ नगरप्रमुख वडले भने, कुनैपनि बाहनामा फाईल अड्काएर नराख्नुहोला । समस्या भएमा सहजीकरण जनतालाई सजिलो हुनेगरी काम गर्नुहोला नगरप्रमुख वडले भने, भोलीको काम आजै र आजको काम अहिले नै गर्न म सबै कर्मचारीहरुलाई आग्रह गर्दछु ।
कुनेपनि बाहनामा जनताले दुःख पाउनु हुदैन नगरप्रमुख वडले भने, कुनै समस्या छ भनेपनि नगरपालिकाको नेतृत्व सहजीकरण गर्न तयार छ । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले कानुनमा नै नगरसभाले नगरप्रमुखलाई दिएको अख्तीयारी साउन ७ गते भित्र प्रमुख प्रशासकिय अधिकृतलाई दिनुपर्ने ब्यबस्था रहेको बताए । प्रमुख प्रशसकिय अधिकृत सापकोटाले नगर प्रमुख बाट प्राप्त भएको अख्तीयारी आफुले कानुन अनुसार पुरा गर्ने बताए ।