पिआरटी समुहद्धारा ऐश्वर्यको प्रतिवेदन सार्वजनिक
बिश्व विद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह ( पि.आर.टी.) ले ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) सम्वन्धी अन्तीम प्रतिवेदन सार्वजनिक गरेको छ ।
तीन बर्ष लागेर तयार गरेको प्रतिवेदन बिश्व विद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह पिआरटीका संयोजक सुतिती हाडा श्रेष्ठले क्याम्पस ब्यबस्थापन समिति समक्ष प्रतिवेदन सार्वजनिक गरेकी हुन । तीन बर्ष सम्म पटक पटक क्याम्समा पुगेर पुनरावलोक गरेको बताउदै संयोजक श्रेष्ठले भनिन् ,यहाँको क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन, विद्यार्थीको असल सम्वन्ध, सकारात्मक सोच र केहि गरौ भन्ने भावनाबाट हामी सबैभन्दा बढी प्रभावित भयौं ।
अनुदान आयोग समकक्षी पुनरावलोकन समुहले दिएका सुझावहरु ऐश्वर्य बहुमुखी क्याम्पसले कल्पना गरेको भन्दा राम्रो सुधार ग¥यो संयोजक श्रेष्ठले भनिन् , प्रतिवेदन बिश्व विद्यालय अनुदान आयोग पेश गरेका छौं । बिश्व विद्यालय अनुदान आयोगको वडीले दुई तीन दिन भित्रै ऐश्वर्य बहुमुखी क्याम्पसलाइृ गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र दिन्छ ।
देशभरीमा अहिले सम्म ऐश्वर्य बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) पाउने ३४ वटा क्याम्पस मात्रै रहेको बताईन । उनले भनिन् ऐश्वर्य ३५ देखि ३६ औ क्याम्पस हुने छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नृपबहादुर वडले ऐश्वर्य बहुमुखी क्याम्पसलाई ऐश्वर्यलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) पाउने अबस्था सम्म पु¥याउन सबैको योगदान रहेको बताए । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. हेमराज पन्तले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र नपाउने क्याम्पस देशभरीमा सिमित मात्रै भएको बताए । उनले भने जसमध्य ऐश्वर्य पर्न गैरहेको छ ।
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्टले आफुहरुको सफलताकाका पछाडी क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन र विद्यार्थी सबैको हात रहेको बताए । उनले भने, यो गुणस्तरलाई कुनै कारणले पनि घट्न दिदैनौं ।