१८ बैशाख २०८३, शुक्रबार
मंगलवार, श्रावण ७ ०९:१८

बिष्णु माझी र सन्दिप न्यौपानेको आवाज रहेको गीत ‘लालुमै’ २ करोड भ्यूज

लोकगीतको बाढीहरुमा कुनै कुनै गीत यति चल्छन् की गायक गायीका र गीत सर्जकले पनि त्यसको अनुमान लगाएका हुँदैनन् । सामान्य रुपमा रचना गरिएका गीतले दर्शक श्रोताको मनमा डेरा जमाउन सफल हुन्छन् । सालको पात, गलबन्दी लगायतका गीत अहिले निकै चर्चित भए । त्यस्तै गीतहरुको बाढीमा पछिल्लो समय निकै रुचाइएको गीतको लालुमै ।

यसले पनि चमत्कारीक रुपमा दर्शक श्रोताको मन जितेको छ । लालुमैले ५ महिनाको अवधिमा २ करोड भ्यूज पाएको छ । बहु चर्चित लोक गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाज रहेको गीत लालुमै करिव ५ महिना अगाडी सार्वजनिक भएको थियो । गीतकार शिब हमालको शब्द संगीत रहेको गीतमा सन्दिप र मोडल श्रृष्टी खड्काले जिवन्त अभिनय गरेका छन् ।

नेपालको लोक संगीतमा आधुनिक बाजाहरू भित्रिएका छन् भने लोकगीतको स्तर ह्वात्तै बढेको लोक कलाकारहरु बताउछन् । माया, प्रेममा आधारित रहेर निर्माण गरिएको गीतका गायक न्यौपाने लालुमैले २ करोड दर्शकको मन जित्दा हर्षित तुल्याएकमो बताए ।

Sharing is caring!

Latest News

प्रभु बैंकमा विदेशी मुद्रा साट्न ‘प्रभु ईजी फरएक्स’ मोवाईल एपको प्रयोग गर्न सकिने
मंगलवार, श्रावण ७ ०९:१८
गायक अधिकारी र गायिका भट्टराईको तीजको ‘ल्याप्चे’
मंगलवार, श्रावण ७ ०९:१८