१८ बैशाख २०८३, शुक्रबार
मंगलवार, श्रावण ७ ०९:४४

गायक अधिकारी र गायिका भट्टराईको तीजको ‘ल्याप्चे’

हिन्दु महिलाहरुको महान चार्ड तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकालाई भने गीत लागि सकेको छ ।  गायक खुमन अधिकारी र गायिका सिलु भट्टराईको आवाजमा रहेको तिज गीत ‘ल्याप्चे’ ले चर्चा बटुल्दै आएको छ । गायक अधिकारीकै शब्द तथा संगीत रहेको गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

सोही गीत बिनोद बाजुरालिले संगीत संयोजन गरेका छन् । तिर्सना म्युजिक प्रालिको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । माेडल महेन्द्र गौतम र अनु पराजुलीले सोही भिडियोमा अभिनय गरेका छन् ।

निर्देशक प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियो राजेश घिमिरेको छायांकन रहेको छ भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । पुरानो परम्परा आनुसार पढाई लेखाइमा कम्जोर भएकाले तमसुक लगायत विभिन्न ठाउँमा सही गर्दा देशमा शैक्षिकको विकाश भएसँगै पुरानो पर्था ल्याप्चे लगायत विभिन्न बाउबाजेले धान्दै आएको संरचनाको संरक्षण गर्न पर्ने बाताउँदै मौलिक लोक संगीतको मध्यनजर गरेर गीत ल्याएको गायक अधिकारीले जानकारी दिए ।

Sharing is caring!

Latest News

बिष्णु माझी र सन्दिप न्यौपानेको आवाज रहेको गीत ‘लालुमै’ २ करोड भ्यूज
मंगलवार, श्रावण ७ ०९:४४
‘जबसे नयन मिलल’ गीतको प्रोमो सार्वजनिक
मंगलवार, श्रावण ७ ०९:४४