१८ बैशाख २०८३, शुक्रबार
मंगलवार, श्रावण ७ १०:३८

‘जबसे नयन मिलल’ गीतको प्रोमो सार्वजनिक

गोविन्द मुखिया (जि.भी)

बिगत डेढ दशक देखि सुदुरपश्चिममा नेपाली ,डोटेली ,राना र थारु फिल्महरु निर्माण ,निर्देशन,छायांकन र सम्पादन गर्दै आएको सी एस फिल्म्स प्रा.लि बाट जबसे नयन मिलल गीतको प्रोमो थारु सलिमा पहुराबाट सार्वजनिक गरिएको छ । गायक सरगम चौधरी र गायिका कल्पना चौधरी को स्वोर रहेको छ । भिडियोमा बर्दियामा थारु स्टारको उपनाम पाएका मोडल बिबश चौधरी र छोटो समयमा दर्सकहरुको मनमा बस्न सफल मोडेल सुमित्रा चौधरीको अभिनय रहेको छ ।


मोडल बिबश चौधरी र सुमित्रा चौधरी

भिडीयोमा लोकेशन ,ड्रेस अप ,छायांकन ,सम्पादनमा अरु भिडीयो भन्दा फरक हुने निर्देशक सतिश सिन्हा को दाबी रहेको छ ।


निर्देशक छायांकन ,सम्पादन
सतिश सिन्हा

अडियो लाई २०० को स्पीड बढाएर शुटिंग गरेको र पछि एडिटमा १०० मा पुग्ने सम्पादक सतिश सिन्हाले जानकारी दिनु भएको छ।भिडीयो लाई सुदुरपश्चिमका पर्यटकिय र रमणीय स्थानहरुमा छायांकन गरिएको छ। केहि दिन मै सी एस फिल्म्स
प्रा.लि बाट भिडीयो सार्वजनिक हुने छ।


गीतको भिडियो प्रोमो सार्वजनिक

Sharing is caring!

Latest News

गायक अधिकारी र गायिका भट्टराईको तीजको ‘ल्याप्चे’
मंगलवार, श्रावण ७ १०:३८
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
मंगलवार, श्रावण ७ १०:३८