१३ बैशाख २०८१, बिहीबार
मंगलवार, श्रावण ७ १५:४३

एक्सपर्ट ईन्टर कलेज फुटसल हुने

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । साउन ९ र १० गते धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा प्रतियोगिता हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले स्नातक तहमा पढ्ने छात्र र छात्राको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताको छात्र छात्रा तर्फका विजेताले नगद १० हजार सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएस शत प्रतिशत छुटमा पढ्न पाउनेछन् । छात्र र छात्रा तर्फका उपविजेताले नगद ५ हजार सहित सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएसमा ५० प्रतिशत छुटमा पढ्न पाउनेछन् ।

सहभागी कलेजहरुको टुङगो लागेपछि वुधवार खेल तालिका सार्वजनिक गर्ने आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले बताउनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि पठाउने गरेको छ ।

Sharing is caring!

धनगढीमा हावाहुरी पीडितलाई राहत वितरण शुरु
मंगलवार, श्रावण ७ १५:४३
५० वर्षसम्म बिहे नगरेका महिलालाई भत्ता
मंगलवार, श्रावण ७ १५:४३
shares