१८ बैशाख २०८३, शुक्रबार
मंगलवार, श्रावण ७ १५:४६

५० वर्षसम्म बिहे नगरेका महिलालाई भत्ता

डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म बिहे नगरी एकल जीवन बिताइरहेका नगर भित्रका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेट मार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल सुरु भएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन्। पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा उक्त बुँदा समेटिएको छ।

जसमा ५० वर्षसम्म बिहे नगरी एकल जीवन यापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमुलक कार्यक्रममा समावेश गरी आय आर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको छ।

त्यसका लागि नगरपालिका भित्र ५० वर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार पार्न लागिएको नगरपालिकाले जनाएको छ।आगामी मंसिरदेखि सुरु गर्ने गरी कार्य विधि तयार गरिने नगर प्रमुख मलासीले बताइन्।

दिपायल सिलगढी नगरपालिकाले नौलो कामको सुरुवात गरेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए।अब नगरपालिकाको महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीलाई कार्य क्षेत्र विभाजन गरी गाउँ-गाउँमा परिचालन गरी कार्यक्रम सञ्चालन गरिने जोशीले बताए।

Sharing is caring!

Latest News

एक्सपर्ट ईन्टर कलेज फुटसल हुने
मंगलवार, श्रावण ७ १५:४६
समयमै काम नगरेका १८ सय बढि ठेकेदार अख्तियारको दायरामा
मंगलवार, श्रावण ७ १५:४६