ग्रेस अफ सगरमाथाको धनगढी अडिसन साउन २५ गते हुदै
सौन्दर्य प्रतियोगिता ग्रेस अफ सगरमाथाको अडिसन धनगढीमा पनि हुदैछ । अवतार ईन्टरनेशनलको आयोजनामा हुनलागेको सौन्दर्य प्रतियोगिताको साउन २५ गते धनगढीमा अडिसन हु्न लागेको हो । देशका विभिन्न स्थानहरुमाअडिसन भईरहेकोमा सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ गते अडिसन हुन लागेको हो । प्रतियोगितामा १६ देखि २८ बर्षसम्मका युवायुवतीहरुले भाग लिन पाउने आयोजक अवतार ईन्टरनेशनलका धनगढी संयोजकजोनबी बमले जानकारी दिनुभयो ।अडिसनमा भाग लिने युवा यु्वतीको उचाई पनि कायम गरिएको छ । युवकको उचाई ५ फिट चार ईन्च र युवतीको उचाई ४ फिट १० ईन्च हुनुपर्ने धनगढी संयोजक बमले बताउनुभयो । आफ्नो ठाउँको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म आफ्नो क्षमता देखाउनका लागि ग्रेस अफ सगरमाथा राम्रो प्लेटफर्म भएकोले सवैलाई सहभागीता जनाउनअवतार ईन्टरनेशनलका धनगढी संयोजक जोनबी बमले आग्रह गर्नु भयो ।

साउन २५ गते हुने धनगढी अडिसनको तयारी पनि तिव्र रुपमा भईरहेको छ । धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा १२ बजेदेखि अडिसन सुरु हुने तयारी गरिएको छ ।प्रतियोगिताको युवक र युवतीतर्फका विजेताले स्कुटर सहित विभिन्न सुविधा पाउने र उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै सिंगापुरमा हुने सौन्दर्य प्रतियोगितामा भागलिन पाउने प्रतियोगितामा सहकार्य गरिरहेको फेशन फ्याक्ट्रीका सिईओ अविनाश ढकालले जानकारी दिनुभयो । त्यसैगरी फष्ट रनरअफहरुले नगद डेढ÷डेढ लाखका साथै ईन्डोनेसियामा हुने सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी जनाउनपाउने ढकालले बताउनु्भयो ।

युवक र यवुतीतर्फका सेकेन्ड रनरअफलाई एक÷एकलाखनगद सहितअन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने छन । तर उनीहरुले कुन देशमाहुने कुन प्रतियोगितामा सहभागीता जनाउने त्यो भने अहिले टुङगो लागेको छैन । प्रतियोगिताका उत्कृष्ट ६ जनालाई अध्ययनका लागिप नि छात्रवृति दिईनेछ । प्रतियोगितामा विभिन्न विधाहरु पनि राखिएका छन । त्यो विधाकाविजेतालाई पनिनगद सहितविभिन्न पुरस्कारको व्यवस्थागरिएको फेशन फ्याक्ट्रीका सिईओ अविनाश ढकालले जानकारी दिनुभयो । यो प्रतियोगितामा सहभागीता जनाएकाहरुलाई विभिन्नअवसर दिईने आयोजकलले जनाएको छ ।
ग्रेस अफ सगरमाथा सौन्दर्य प्रतियोगिता फेशन फ्याक्ट्रीको सहकार्यमाअवतार ईन्टरनेशनल नेपालको आयोजनामा हुन लागेको हो । यसमा वीर विक्रम–२ कानिर्माताहरु पनि आवद्ध रहेका छन् । यसको फाईनल देशका विभिन्न स्थानबाट छनोट भएकाहरुको सहभागीतामाअसोज पहिलो साता काठमाण्डौमा हुनेछ । फाईनलमा २५ जनाभन्दा वढी मोडेल, कलाकार लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहनेछ ।
