वरिष्ठ कलाकार शुभद्रा अधिकारीकाे निधन
वरिष्ठ कलाकार शुभद्रा अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास निधन भएको छ । ७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००३ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन् । दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ुकन्यादानु सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन् । उनको शवलाई १२ : ३० बजे सम्म उनकोको निवास मा श्रद्धाञ्जलीको लागि राखिने र १ बजे देखि ३ बजे सम्म पशुपति आर्यघाट लगिने कलाकार संघले जनाएको छ ।
अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो।
७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । वि.स. २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् ।
नाटकमा निकै जमेकी उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका चलचित्रहरुमा प्रभावशाली अभिनय गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् l
अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व. पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा ‘सुभद्रा अधिकारी फाउण्डेशन’ समेत स्थापना गरेकी थिइन् ।
नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीले अधिकारीको आजै अन्त्येष्टि गरिने जानकारी दिईन् । उनका १ छोरा र छोरी छन् ।