१९ बैशाख २०८३, शनिबार
शनिबार, श्रावण ३२ १९:२२

शक्ति यूवा क्लवद्धारा बृहत रक्तदान कार्यक्रमको आयोजना

धनगढी उप–महानगरपालिका २ मा रहेको शक्ति यूवा क्लवको आयोजनामा शनिवार बृहत रक्तदान कार्यक्रम गरियो ।
धनगढीमा रगतको आपूर्तीम सहयोग पु¥याउने उदेश्यले क्लवले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । धनगढीका यूवा क्लव, समाजिक संघसंस्थाहरुले दान गरेको रगतका कारण धनगढी उप–महानगरपालिकाले निःशुल्क बिरामीलाई रगत दिन सकेको छ नगरप्रमुख वडले भने, वहाँहरु प्रती आत्मै देखी आभारी छौं ।
गरिव र अप्ठेरोमा परेका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउँदै आएको धनगढी उप–महानगरपालीकाले गत आर्थिक बर्षबाट आवश्यकता अनुसार नगरका सबै बिरामीलाई रगत उपलब्ध गराईरहेको नगरप्रमुख वडले बताए ।

फोटो क्याप्सन ः रक्तदान कार्यक्रम

धनगढी नगरका कुनैपनि बिरामीले उपचारका लागि आवश्यक पर्ने रगतका लागि तड्पीनु परेको छैन नगरप्रमुख वडले भने,‘रगत नपाएकै कारण कसैको ज्यान नजाओस भन्ने हाम्रो सोच हो ।
नेपाली कांग्रेसका यूवा नेता धर्मराज ओझाले शक्ति यूवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रगत दान गरेको बताए । उनले रक्तदानमा सहभागि हुने सबैलाई धन्यवाद दिए ।

Sharing is caring!

Latest News

वरिष्ठ कलाकार शुभद्रा अधिकारीकाे निधन
शनिबार, श्रावण ३२ १९:२२
नाट्टाद्धारा भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियान तिव्र
शनिबार, श्रावण ३२ १९:२२