११ असार २०८३, बिहीबार
आईतवार, भाद्र १ ११:३१

नाट्टाद्धारा भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियान तिव्र

कञ्चनपुर कृष्णपुर नगरपालीका र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) सुदुरपश्चिम प्रदेशले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सक्रिय रुपमा अभियान थालेको छ ।
शनिबार कृष्णपुर नगरपालीकामा सम्पन्न भएको एक अन्र्तक्रिया कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, स्थानिय तहका जनप्रतिनिधिहरु बिच सुदूरपश्चिमका विभिन्न पर्यटकिय क्षेत्रका बारेमा छलफल भएको छ ।


स्थानिय तहका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, पर्यटन प्रवद्र्धनका कार्यक्रम र पर्यटकीय स्थलहरुमा गन्तव्यहरुको प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्य तीव्र रुपमा अघि बढाएको छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका स्थानिय तहमा रहेका पर्यटनका क्षेत्रलाई प्रचारप्रसारको निम्ती आफुहरुले लागी परेको नाट्टा सुदुरपश्चिम प्रदेशका अध्यक्ष माया प्रकाश भटट्ले बताए ।
कृष्णपुर नगरपालीकामा रहेका राना होमस्टे, राना सस्कृती, जंगल सफारी, गड्बिजुला ताल, ग्वासी समैजी मन्दीर लगाएत पर्यटकिय क्षेत्रमा नगरपालीकाले प्राथमिकतामा राखेर काम गरीरहेको नगर प्रमुख कर्ण हमालले बताए ।


उनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय स्थलहरुको प्रचारप्रसार, पर्यटन प्रवद्र्धनका कार्यक्रम र पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणका कार्यलाई तिव्रता दिएको बताए ।
कृष्णपुर नगरपालिकाले समृद्धिका लागि पर्यटन क्षेत्र प्रमुख आधार स्तम्भ भएकाले पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको उनको भनाई छ ।

Sharing is caring!

Latest News

शक्ति यूवा क्लवद्धारा बृहत रक्तदान कार्यक्रमको आयोजना
आईतवार, भाद्र १ ११:३१
अभिनेता सुमन सिंहकी आमाकाे निधन
आईतवार, भाद्र १ ११:३१