१४ बैशाख २०८१, शुक्रबार
सोमबार, भाद्र २ १५:४२

अभिनेता सुमन सिंहकी आमाकाे निधन


नेपाली चलचित्र जगतका  अभिनेता सुमन सिंहलाई माृत शोक परेको छ । उनको आमा विन्दु सिंहको ६९ वर्षको उमेरमा निधन भएको हो ।

सोमबार बिहान डेढ वर्षदेखि ब्रेन स्ट्रोककी बिरामी रहेकी विन्दुको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार सुमनकी आमालाई अन्तिम श्रद्धाञ्जलीका लागि २ बजे पशुपति आर्यघाटमा राखिएको छ । साँझ ५ गते उनको हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिने बताइएको छ । निधन भएको औपचारिक जानकारी प्राप्त भएसँगै अहिले सामाजिक सञ्जालमा अभिनेता सिंहकी आमाप्रति फिल्मकर्मीले श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

खबरचित्र परिवार अभिनेता सुमन सिंहकी आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

Sharing is caring!

नाट्टाद्धारा भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियान तिव्र
सोमबार, भाद्र २ १५:४२
१८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा शुभकामना आदानप्रदान, फोटा पत्रकार विरेन्द्र भण्डारी सम्मानित
सोमबार, भाद्र २ १५:४२
shares