९ आश्विन २०७८, शनिबार
सोमबार, भाद्र २ १६:२३

१८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा शुभकामना आदानप्रदान, फोटा पत्रकार विरेन्द्र भण्डारी सम्मानित

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाले १८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सो अवसरमा सुदूरपश्चिम प्रदेशका संसदिय दल प्रतिपक्षी नेपाली काँग्रेशका नेता डा. रण बहादूर रावलले फोटोग्राफी देश परिवर्तनका लागी आवश्यक हतियार भएको बताए । उनले फोटोग्राफी र भिडियोग्राफीकोको सन्दर्भमा एक उदाहरण दिदै अहिले पत्रकार पुडासैनीको घटना भिडियोले गर्दा यहाँ सम्म आएको बताए । साथै उनले प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकासका लागी सदैब तयार रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाका पुर्व अध्यक्ष भरत शाहले पत्रकारिता क्षेत्रमा फोटो नभईनहुने अश्र भएको बताए । एक फोटोले हजार शब्द भन्दा बढी भाव व्यक्त गर्छ भन्ने भनाईलाई ईंगीत गर्दै शाहले पत्रकारहरुलाई समाजमा लुकेका कुराहरुलाई फोटो पत्रकारिताका माध्यमबाट बाहिर ल्याउन आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले पत्रकारहरुले फोटो भिडियो पत्रकारिताको अचारसंहितामा रहेर खिच्न आग्रह गरेका छन् ।
कार्यक्रममा नाटा सुदूरपश्चिमका संयोजक माया प्रकाश भट्टले अव फोटोका माध्यम बाट प्रदेशमा पर्यटन भित्र्याउनु पर्ने बताएका छन् ।

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष विवेक नागरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शाखाका सचिव शंकर बोहराले गरेका थिए । कार्यक्रममा प्रेश युनियनका कैलाली अध्यक्ष श्रवण देउवा लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।


फोटा पत्रकार विरेन्द्र भण्डारी सम्मानित

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाले आयोजना गरेको अन्र्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा फोटो पत्रकार विरेन्द्र भण्डारी सम्मानित भएका हुन् ।
विगत लामो समय देखि फोटो पत्रकारिताको विकासमा योगदानको भन्दै भण्डारीलाई सम्मान पत्र सहित खादा ओडाएर सम्मान गरिएको हो ।फोटो पत्रकार भण्डारी नेपाल फोटो पत्रकार महासंघ कैलालीका पुर्व अध्यक्ष हुन् । भण्डारीले माउण्टेन टेलिभिजनको सुदूरपश्चिम ब्यूरोमा क्यामेरा पर्सनका रुपमा लामो समय काम गरिसकेका छन् ।

Sharing is caring!

Latest News

अभिनेता सुमन सिंहकी आमाकाे निधन
सोमबार, भाद्र २ १६:२३
१८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा धनगढीमा रक्तदान
सोमबार, भाद्र २ १६:२३
shares