धनगढीमा खुल्ला संसद अवधारणा अभ्यासका बिषयक छलफल
कैलाली ,बुधबार धनगढीमा खुल्ला संसद अवधारणा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । संसद सहयोग परियोजना यूएनडीपीको सहकार्य तथा फ्रिडम फोरम नामक संस्थाको आयोजनामा छलफल कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रममा लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचित प्रतिनिधिहरुको प्रभावकारिता, पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्ने संरचनाको व्यवस्थाको बारेमा सवोकारवाला बिच छलफल तथा अन्तक्रिया गरिएको थियो ।
सरकार प्रभावकारी रुपमा खुल्ला हुनका लागि उसले नागरिक तथा उनीहरुका संस्थासंग व्यवस्थीत तरिकाले साझेदारी गर्नु जरुरी हुन्छ भन्ने अवधारणाले अयोजना गरिको गरिएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेश सासंद र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
फ्रिडम फोरमका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख तारानाथ दाहालले खुल्ला सरसकार साझेदारीले शासन व्यवस्थामा सुधार चाहाने सरकारभित्र र बाहीरका सुधारकर्ताको लागी साझा मञ्च प्रदान गर्ने बताए । उनले सुधारकर्तालाई पारदर्शिताको प्रवद्र्धन, नागरिक सशक्तिकरण, भ्रष्टाचारको न्युनीकरण र नवीनतम प्रविधिको प्रयोगले शासन व्यवस्थामा प्रभावकारिता ल्याउनको लागि अवसर प्रदान बताए ।
प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले खुल्ला सरकार साझेदारी कार्यक्रमको अभ्यास पछिल्लो संरचनामा संघ र प्रदेश सरकार भन्दा स्थानिय सरकारहरुमा सशक्त रुपमा अगाडी लैजानुपर्ने धारणा राखे । उनले स्थानिय तहहरुमा पारदर्शिता र जवाफदेहिताको अभ्यास शुन्य रहेको भन्दै यस बिषयमा सरोकारवाला सबैले जिम्मेवार रहनुपर्ने धारणा राखे ।
त्यस्तै प्रदेश सभा सदस्य तथा लेखा समिती संयोजक नन्दा बमले आफुहरुलेनै सरकार पारदर्शि र जवाफदेही बन्न नसकेको अनभुति गरेको बताईन् । उनले प्रदेश सरकारले ३२ ओटा कानुन निमार्ण गर्दा सम्म कुनैपनी सरोकारवाला निकाय र नागरिक समाजसंग छलफल नगरि कानुन निमार्ण गरिएको बताईन् ।
प्रदेश सभा सभामुख अर्जुन थापाले खुल्ला संसद अवधारणा अभ्यास कार्यक्रमबाट आफुहरुलाई ठुलो राहात पुगेको बताए । उनले प्रदेश सरकार आफ्ना क्रियाकलाप र गतिविधीहरु पारदर्शि रुपमा प्रस्तुत गर्न र जवाफदेहीता प्रति सधै सचेत रहेको धारणा राखे ।
