१९ बैशाख २०८३, शनिबार
आईतवार, भाद्र २२ १०:५४

क्यानाडामा भिजिट नेपाल २०२० को सुदुरपश्चिम प्रदेशका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै बरिष्ठ पत्रकार रावल


क्यानाडा

क्यानाडाका सिटिबसमा भिजिट नेपाल २०२० को प्रचार प्रसार क्यानाडाको मिसासागा सहरका सिटिबसमा भिजिट नेपाल २०२० अभियानको प्रचाप्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानाडा र क्यानाडा नेपाल पर्यटन सांस्कृतिक व्यापार मंचको आयोजनामा १० वटा सिटि बसमा सुदूरपश्चिमसहित नेपालका ७ वटै प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यस्थलका तस्वीरहरु राखी प्रचार प्रसार प्रसार थालिएको हो ।

नेपाल प्रमोसन नाम दिइएको सो कार्यक्रमको उद्घाटन रिभरउड पार्कमा पञ्चकन्या सहित मिसिसागाका सांसद दीपक आनन्दले गरेका थिए । उनले भिजिट नेपाल २०२० का अवसरमा नेपाल भिजिट गर्न सवैलाई आग्रह गर्ने र नेपालको पर्यटन विकासमा सहयोग पुर्याउने बताएका थिए । कार्यक्रमका सभापति तथा नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनले यो अभियानमा सवैले साथ दिनु पर्ने बताए ।

सिटि बसमा सगरमाथा, कुमारी, लुम्विनी पशुपतिनाथ, पोखरा, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका तस्वीर राखी प्रचार प्रसार थालिएको छ । दुई महिनासम्म यसरी बसमा प्रचार प्रसार हुने मानार्थ प्रतिनिधि टण्डनले बताए । कार्यक्रमको संचालन डा. अन्जनी भट्टराइले गरेका थिए ।

Sharing is caring!

Latest News

बैतडी समाजको साधारणसभा सम्पन्न
आईतवार, भाद्र २२ १०:५४
चलचित्र पत्रकारिता कार्यशाला’ सम्पन्न
आईतवार, भाद्र २२ १०:५४