१९ बैशाख २०८३, शनिबार
आईतवार, भाद्र २२ ११:११

चलचित्र पत्रकारिता कार्यशाला’ सम्पन्न

चलचित्र बिकाश बोर्डको सहयोगमा नेपाल चलचित्र पत्रकार संघले आयोजना गरेको तिन दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ । भाद्र १८ बाट सुरु भएको उक्त कार्यशालामा बिभिन्न बिषयमा ख्याति प्राप्त व्यक्तित्वले प्रशिक्षण दिएका थिए ।
१२० भन्दा बढि सक्रिय सन्चारकर्मि तथा पत्रकारको सहभागीता रहेको उक्त कार्यशालामा पत्रकारीता आचार संहिता , फिल्म समिक्षा , मल्टिमिडिया तथा मोबाइल जर्नलिजम , चलचित्र र पर्यटन लगायतका बिबिध बिषयमा कार्यशाला सम्पन्न भयो ।

कार्यशालामा सहभागी सबैले यो कार्यशाला उपलव्धिमुलक भएको भन्दै चलचित्र पत्रकार संघ प्रति आभार व्यक्त गरेका छन् । पत्रकारको क्षमताबृद्धि गर्न यो कार्यशाला आयोजना गरिएको संघका अध्यक्ष सन्दिप सापकोटाले जानकारी दिएका छन् । ३ दशक भन्दा बढि समय देखि रंग पत्रकारीता गर्दै आएका बरिष्ठ सन्चारकर्मि बिजय रत्न तुलाधरले नयाँ प्रबिधि मैत्रि पत्रकारीता को ज्ञान संगै पत्रकारीतालाइ व्यवस्थीत गर्न गरिएको यो कार्यशालाको तारिफ गरेका गरेका छन् ।
कार्यशालाकोे समापन कार्यक्रममा बिकाश बोर्ड अध्यक्ष केशव भट्टराइको पनि उपस्थिति रहेको थियो ।

Sharing is caring!

Latest News

क्यानाडामा भिजिट नेपाल २०२० को सुदुरपश्चिम प्रदेशका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै बरिष्ठ पत्रकार रावल
आईतवार, भाद्र २२ ११:११
बिबश र सर्मिला चौधरी बने (बन मान्छे) करिना धोति डान्स(शुटिङ्ग रिपोर्ट हेर्नु होस )
आईतवार, भाद्र २२ ११:११