बार्षिक उत्सवका अवसरमा हावाहुरी पिडितलाई घर हस्तान्तरण
अत्तरिया , नेपाल सिएमए संघ कैलालीले आफ्नो १६ औ बार्षिक उत्सवका अवसरमा हावाहुरी पिडितलाई घर हस्तान्तरण गरेको छ । गत जेठ २३ गते राती आएको हावाहुरीबाट पूर्णरुपमा घरमा क्षती भएका गोदावरी नगरपालीकाका २ पिडितलाई संघले घर निमार्ण गरि हस्तान्तरण गरेको हो ।
संघको बार्षिक उत्सवको उद्घाटन गर्दै गोदावरी नगरपालीका प्रमुख हरी सिं साउंदले नेपाल सिएमए संघले समाजिक कार्यमा प्रभावकारी भुमिका खेलेको भन्दै प्रसंसा गरे । फरक प्रसंगमा बोल्दै नगर प्रमुख साउदले स्थानिय,केन्द्र र प्रदेश सरकारको स्वास्थ्य सम्बन्धि निति नबनेकोले समस्या भइरहेको बताए । स्थानिय सरकारले स्वास्थ्यलाई अनुुसुची ८ मा राखेपनी प्रष्ट निति नआउदा समस्या भएको उनको भनाई छ ।
बार्षिक उत्सवका अवसरमा संघले कैलालीका हावाहुरी पिडितहरुलाई सहयोग गरेको छ । संघका निर्वतमान अध्यक्ष गणेश साउदले हावाहुरीले पूर्ण क्षतीभएका २ घर समेटेर सहयोग प्रदान गरिएको बताए ।
गत जेठमा आएको हावाहुरीबाट पिडित गोदावरी नगरपालीका ४ का २ बिपन्न परिवारलाई संघले घर निर्माणगरी हस्तान्तरण गरको हो । सरकारले त्रिपाल सम्म सहयोग नगरेकोमा नेपाल सि.एम.ए संघको सहयोगले ठुलो राहत भएको उनीहरुले बताएका छन् ।
