१९ बैशाख २०८३, शनिबार
बुधबार, भाद्र २५ १८:४९

द्वन्द्ध प्रभावित महिलाका सवालमा प्रदेश स्तरीय छलफल

धनगढी, द्वन्द्ध प्रभावित महिलाहरुका सवालको पहिचान गरि निराकरणका उपाय खोज्ने उदेश्यले बुधवार धनगढीमा प्रदेश स्तरीय छलफल कार्यक्रमको सम्पन्न भएको छ ।
प्रदेश स्तरीय छलफल कार्यक्रमको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले समाजका सबै तप्काहरुलाई मुलप्रवाहीकरण गर्न नसकेसम्म देशको समृद्धी नहुने बताए । द्वन्द्ध प्रभाव पुरुष भन्दा महिलाहरुले बढी महशुस गरेका छन् नगरप्रमुख वडले भने, पुरुषहरु द्वन्द्धको मारबाट बच्न बिस्थापीत भएपनि महिला पिडा सहेर भएपनि गाउँमै बसेका थिए ।
द्वन्द्धले थुप्रै महिला दिदिबहीनीको सिन्दुर पुछिएका उदारण हाम्रै अगाडी छन् नगरप्रमुख वडले भने, सशस्त्र द्वन्द्ध चलाउने पार्टी सरकारमा पुग्ला पनि तिनको बारेमा सोच्ने फुर्सद छैन । मानव अधिकारका लागि महिला एकल , एकल महिला समुहका केन्द्रिय अध्यक्ष लिलि थापाले छलफल कार्यक्रमले द्वन्द्ध प्रभावित महिलाहरुका सवालहरुको पहिचान गरिने बताईन । एकल महिलाहरु पनि यो देशका नागरिकहरु हुन थापाले भनिन्, उनिहरुका समस्याहरुको सम्बोधन गर्न राज्य तयार हुनुपर्छ ।
मानव अधिकारका लागि महिला एकल , एकल महिला समुह सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको छलफल कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाबाट महिला मानव अधिकारका क्षेत्रमा काम गर्ने महिलाहरुको सहभागिता रहेको थियो ।

Sharing is caring!

Latest News

बार्षिक उत्सवका अवसरमा हावाहुरी पिडितलाई घर हस्तान्तरण
बुधबार, भाद्र २५ १८:४९
अठार वर्ष वेलायतको बसाइलाई देशको मायाले फर्कन बाध्य बनाएपछि
बुधबार, भाद्र २५ १८:४९