अठार वर्ष वेलायतको बसाइलाई देशको मायाले फर्कन बाध्य बनाएपछि
धनगढी, कैलालीका एक युवालाई आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने मनमा लागेपछि देश र घर परिवारको मायाले अठार वर्ष वेलायतको विलासी जिवनलाई नेपाल फर्काउन बाध्य बनायो।सबै युवा बैदेशिक रोजगारीका लागी विदेश तिर पलायन भैरहेको बेला कैलाली जिल्लाको जानकी गाँउपालीका वडा नं। ८ मा जन्मिएका उमेश विक्रम शाह भने अहिले नेपाल फर्किएर केही गर्ने सोचमा लागेका छन् । विदशको सुविधा र पैसा त्यागेर स्वदेश फर्किएका उनी अहिले धनगढीको चटकपुरमा ब्यबसाय गर्ने सोचमा छन् ।उनले वेलायतको ससेक्स युनीभर्सिटी इन्टरनेसनलबाट क्रिमिनल ल मा एल एल एमको पढाइ पुरा गरेका छन् । यस्तै बेलायतको ठुलो अस्पतालमा हेल्थ एनालिस्टमा केही वर्ष काम गरेका उनलाई नेपालमै केहि गर्रपर्छ भन्ने सोचले नेपाल फर्काएको हो ।
औपचारिक शिक्षा
उनले प्रारम्भिक शिक्षा कैलालीको जानकी गाँउपालीका र माध्यामिक शिक्षा नेपाल प्रहरी स्कुलबाट गरेका थिए । ल क्याम्पसबाट बि एल पास गरेर थप पढाइको लागी २०५८ सालमा उनी वेलायत गएका थिए । आफ्नो परिवार सहित १८ वर्षको वेलायत बसाइलाई नेपालको मायाले पुनः गाँउ फर्काएको उनले बताए । उनले भने ( नेपालमा केहि लगानी गर्नुपर्छ भनेर केहि वर्ष पढाइ सकेर परिवार र वच्चा को खर्च व्यवस्थापनको लागी कमाएको थोरै पुँजी लिएर आफ्नै देश फर्किएको छु ।
अबको ब्यबसाय
धनगढी उपमहानगरपालीका वडा ४ चटकपर शहिद गेट नजिकै एक विगाहा जमिन भाडामा लियर उनले व्यवसाय सुरु गरेका छन् । उनले सोही ठाउँ शारिरिक अभ्यास गर्नेहरुका लागी फुटसल शुरु गरीसकेका छन् । फुटसल चैत्र महिनादेखी सञ्चालनमा आएको छ । चटकपुरमा नै करिव ५ करोडको लागतमा सुविधा सम्पन्न डल्लुज फुटसल ,पार्टी प्यालेस, होटल रेष्टुरेण्ट सञ्चालनको अन्तिम तयारीमा रहेका छन् । ुयो लगानीले काठमाण्डौ पनी गर्न सकिन्थ्यो,ु उनले भने (ु तर आफ्नै ठाँउमा केही गरौ भनेर फरक तरिकाको सेवा दिन धनगढीमा पनी गुणस्तरिय होटलको सुबिधा दिन आएको हुँं।ु ुपरिवार संग बसेर कमाएको एक रुपैयाँ र विदेशमा कमाएको हजार रुपयाँ एउटै लाग्छ,ु उनले भने( ुआमा वुवा परिवार समाजमा बसेर थोरै पैसा कामाउनु र विदेशमा गएर धेरै पैसा कमाउनुमा धेरै फरक हुन्छ।ु
विदश जाने युवालाइ समेत विदेश गएर केहि सिप सिक्ने फेरी काम गर्ने पछि आप्नै देशमा आएर सिपको प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन आफुले धनगढीमा ब्यबसाय शुरु गरेको बताए । करिव ५ महिना भित्र सबै व्यवसाय सञ्चालन गरी सक्ने लक्ष्य रहेको शाहको भनाई छ । आफ्नो व्यवसायबाट यस क्षेत्रका बासीन्दाले गुणसस्तरिय नयाँ पन सहितको सेवा सुविधा पाउने र यस क्षेत्रका सयौं व्यरोजगार युवा युवतीले रोजगारीको अवसर समेत पाउने उनको विश्वास रहेको छ ।
