१९ बैशाख २०८३, शनिबार
बुधबार, भाद्र २५ १९:०३

धनगढीका नगर प्रमुख र उप–प्रमुखलाई सम्मान

धनगढी, सुदूरपश्चिमाअञ्चल महिला जागरण मञ्चले आफ्नो छैठौं साधारणसभाको अवसरमा बुधवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्टलाई सम्मान गरेको छ ।
नगरविकास कोषले गरेको मुल्यांकनमा धनगढी उप–महानगरपालिका देशमा २ सय ९३ वटा नगरपालिकाका उत्कृष्ठ भएको भन्दै सुदूरपश्चिमाअञ्चल महिला जागरण मञ्चले सम्मान गरेको हो । आर्थिक बर्ष ७५÷०७६ मा नगरविकास कोषले गरेको कार्यसम्पादन सम्वन्धी मुल्यांकनमा धनगढी उप–महानगरपालिका देशमै उत्कृष्ठ भएको थियो ।
सुदूरपश्चिमाअञ्चल महिला जागरण मञ्चले नगरप्रमुख र उप–प्रमुखलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेको हो । त्यसैगरी संस्थाले शिक्षा, स्वास्थ्य, पत्रकारीता , खेलकुद लगायतका क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिलाई समेत सम्मान गरेको थियो । सम्मा ग्रहण पछि धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आम नगरबासीहरुको सहयोगका कारण धनगढी उत्कृष्ठ नगर बन्न सफल भएको बताए । नगरप्रमुख वडले सुदूरपश्चिमाअञ्चल महिला जागरण मञ्चले महिलाको सर्वागिण विकासका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । अपराधीहरुलाई माला लगाउँदा समाजमा हिंसा तथा अपराधिक घटना बढेको छ नगरप्रमुख वडले भने, यसका लागि दण्डहिनताको अन्त्य गरिनुपर्छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिलाहरुको शसक्तिकरण बिना समाज अगाडी बढ्न नसक्ने बताईन ।

सुदूरपश्चिमाअञ्चल महिला जागरण मञ्चले महिलाहरुको सशक्तिकरणमा योगदान पु¥याएको भन्दै अभियान जारी राख्न उत्प्रेरीत गरिन ।

Sharing is caring!

Latest News

अठार वर्ष वेलायतको बसाइलाई देशको मायाले फर्कन बाध्य बनाएपछि
बुधबार, भाद्र २५ १९:०३
डेंगु कसरी सर्छ ? बच्ने उपाय यी हुन्
बुधबार, भाद्र २५ १९:०३