आईसर जीवन उन्नती मेलामा एकै दिनमा १२ ओटा गाडी बिक्री
धनगढी, सुदूरपश्चिम प्रदेशको धनगढीमा आईसर जीवन उन्नती मेलामा एकै दिनमा १२ ओटा गाडी बिक्री भएका छन् ।
आईसर कम्पनीको नेपालको आधिकारिक बिक्रेता ईष्ट्रर्न एजेन्सिज प्रालीको धनगढी शाखाले धनगढीमा आयोजना गरेको दशैको शुभकामना आदानप्रदान तथा मेलामा ग्राहकहरुले गाडी खरिद गरेको सुदूरपश्चिम प्रदेशका रिजनल म्यानेज मिन पाण्डेयले जानकारी दिए ।
गाडी किन्ने ग्राहकहरुलाई बिशेष दशै छुट अफरका सम्बन्धमा जानकारी दिने उदेश्यले पनि मेलाको आयोजना गरेको हो ।
ईष्ट्रर्न एजेन्सिज प्राली धनगढी शाखाले आयोजना गरेको मेलामा ग्रहकहरुका बिच आउदै गरेको दशैको अबसरमा शुभकामना समेत आदान प्रदान गरिएको थियो । धनगढी शाखाले आयेजना गरेको मेलामा आईसर कम्पनीका स्पेयर पार्ट तथा उत्पादकका बरेमा कम्पनीका नेपाल प्रोडक्ट हेट नविन खतिउडाले जानकारी दिए ।
आईसरक कम्पनीका गडी किनने ग्रहकहरुलाई मेलामा सम्मान ममेत गरिएको थियो । कार्यक्रममा अहभागीहरु बिच गोलाप्रथा प्रक्रिया मार्फत बिभिन्न उपहार समेत प्रदान गरीएको थियो ।
