कैलालीमा सडक दुर्घटनामा परि २ सय २ जनाको मुत्यु
धनगढी, कैलाली जिल्लामा ३ बर्षको अवधीमा ४ सय ४७ वटा सडक दुर्घटनामा परि २ सय २ जनाको मुत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै २ सय ३६ जना गम्भिर र २ सय ५९ जना सामान्य घाईते भएका छन् ।
कैलाली जिल्लामा आर्थिक बर्ष २०७३÷७४ मा १ सय ४९ सडक दुर्घटना हुदाँ ६२ जनाको मुत्यु हुदाँ १ सय १२ जना गम्भिर घाईते र ५९ जना सामान्य घाईते भएका छन् ।
त्यस्तै आर्थिक बर्ष २०७४÷७५ मा १ सय ३० वटा सडक दुर्घटना हुदाँ ७० जनाको मुत्यु भएको छ, भने २९ जना गम्भिर र ८२ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोज कुमार ठकुराठीले बताए ।
उनले आर्थिक बर्ष २०७५÷७६ मा १ सय ६८ दुर्घटनामा परि ७० जनाको मुत्यु, ९५ जना गम्भिर र १ सय २० जना सामान्य घाईते भएको बताए । त्यस्तै चालु आर्थिक बर्षको २ महिनामा ७ जनाको मुत्यु भएको उहाँले जानकारी दिनुभयो ।
सडक दुर्घटनाको मुख्य कारण चालकको कमजोरी तथा सडकको दुरा अवस्था देखिएपनि पछिल्लो समय छाडापशु चौपायाँका कारण समेत केहि दुर्घटना बढेको प्रहरीले जनाएको छ । दुई बर्षमा छाडापशु चौपायाका कारण ४ जना गम्भिर घाईते हुदाँ एक जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोज कुमार ठकुराठीले बताए ।
उनले यसको ब्यवस्थापनका लागी ट्राफिक प्रहरीले मात्रै चाहेर नहुने बताए । भारत बाट आउँने पशुचौपायाँ नियन्त्रणका लागी प्रहरी निगरानी गरेपनि दिनप्रतिदिन पशुचौपायाको संख्या बढेको उहाँले बताए ।
बजारमा छाडिएका छाडापशु चौपायाँ नियन्त्रणमा ३ नै तहका सरकार गम्भिर बन्नपर्ने जनताको माग छ । जथाभावी छाडिएका छाडापशु चौपायाँले दुर्घटनाको जोखिम बढाएका कारण त्यसको नियन्त्रणमा सवैको ध्यान जान जरुरी रहेको धनगढीका स्थानीयको माग छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले चाडपर्वमा हुने सडक दुर्घटना न्युनिकरणका लागी पहल थालेको जनाएको छ ।
