१९ बैशाख २०८३, शनिबार
बिहीबार, भाद्र २६ १८:३९

सुदूरपश्चिम प्रदेशमा डेंगु नियन्त्रणको प्रयास

धनगढी, सुदूरपश्चिममा डेंगुको सङ्क्रमण बढ्दै गएपछि प्रदेश सरकारले नियन्त्रणको अभियान थालेको छ । आज धनगढीमा डेंगुरोग व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सामाजिक विकास मन्त्रालयले प्रदेशमा ९ ओटै जिल्लामा अभियान चलाइने जनाएको छ ।
यसको नियन्त्रणका लागी बृहत् सरसफाइ कार्यक्रम,जनचेतना बिस्तार,र उपचारमा सहज पहुँचका लागी बजेटको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
महामारीका रूपमा फैलिन थालेको डेंगुको नियन्त्रणका लागी मन्त्रालयबाट सक्दो प्रयास भइरहेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी बताउनुभयो । सङ्क्रमण बढ्दै गएकाले विशेष सजगता अपनाउन मन्त्री सुवेदीले आग्रह गर्नुभयो ।

हाल सम्म प्रदेशमा डेंगुरोगबाट एक जनाको ज्यान भएको छ भने २८ जनामा सङ्क्रमण देखिएको छ । यसको नियन्त्रणको लागी प्रदेशमा ९ ओटै जिल्लामा अभियान चलाइने मन्त्रालयले जनाएको छ । हाल सम्म २८ जनामा सङ्क्रमण देखिएकोमा कैलालीमा मात्रै सबैभन्दा बढी १५ जनामा रोगको सङ्क्रमण देखिएको छ ।
कैलाली,कञ्चनपुर,दार्चुला,अछाम र डाटी गरी हाल सम्म ५ जिल्लामा मात्रै डेंगुका बिरामीहरू भेटिएका छन् । रोगको जोखिम नरहेका स्थानमा पनि जनचेतना फैलाइने मन्त्रालयले जनाएको छ ।

Sharing is caring!

Latest News

कैलालीमा सडक दुर्घटनामा परि २ सय २ जनाको मुत्यु
बिहीबार, भाद्र २६ १८:३९
‘पासवर्ड’को प्रमोसनका लागि अभिनेत्री सन्नी लियोनी नेपालमा
बिहीबार, भाद्र २६ १८:३९