राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले डोटीमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै
धनगढी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम शाखाले प्रथम अधिवेशनका अवसरमा लोक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १० र ११ गते डोटीमा विशेष सांस्कृतिक कार्यक्रमका साथ प्रथम अधिवेशन सम्पन्न हुने जनाइएको छ । नव प्रतिभालाई प्रोत्साहन स्रष्टाको सम्मान र मौलिक लोक संस्कृतिको संरक्षणका लागी कार्यक्रम आयोजना गरीेने जनाइएको छ ।
प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम बहादुर धामीले बताए । सो कार्यक्रमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मंत्री कृष्णराज सुबेदीले उद्धघाटन गर्नुहुने छ ।

कार्यक्रममा गायक
लाेक प्रिय गायक बद्रि पङ्गेनि,चन्द्र शर्मा,संकर बि सि , राधिका हमाल,बिनाेद बाजुरालि , अन्जलि अधिकारी लगायत ख्याति प्राप्त सुदुर पस्चिमेलि १०० जना भन्दा बढि चर्चित कलाकारहरुकाे प्रस्तुति र ९ जिल्लाका लाेक प्रिय झागि हरु प्रदर्शन ९ वटै जिल्लाका अग्रज कला कर्मिहरुलाई स्रष्टा सम्मान गने अध्यक्ष धामिले बताए । असोज १० गते डोटीको सदरमुकाम सिलगढीमा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा सुदूरपश्चिमका लोक सास्कृतिक झाकीहरुको प्रस्तुती समेत रहनेछन् ।नव प्रतिभाको उजागरका लागी कार्यक्रमले भुमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट एक सय भन्दा बढी स्थानिय कलाकारहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
प्रथम वार्षिक अधिवेशनलाई भब्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण संगित प्रेमि, ब्यापारी ,बुद्धिजीवी र विभिन्न संघ संस्थामा आवद्ध ब्यक्तिलाई निमन्त्रणा गरिएको छ ।
