१९ बैशाख २०८३, शनिबार
शनिबार, भाद्र २८ १९:०७

वन्द विमानस्थल सबै सुचारु हुन्छन् : मन्त्री योगेश भट्टराई

धनगढी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धनगढी बिमानस्थललाई चौविसै घण्टा सञ्चालन हुने गरी आधुनिकीकरण गरिने बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले शनिबार धनगढीमा आयोजना गरेको स्वागत कार्यक्रममा नागरिक उड्डयन मन्त्री भट्टराईले स्तरोन्नति गर्न सरकारले यसै आर्थिक बर्षमा काम गर्ने गरी बजेट छुट्ट्याइएको बताएका हुन् । उनले धनगढी बिमानस्थलमा सुविधाहरु थप्नका लागि यसै वर्ष जग्गा अधिग्रहण गरिने बताए ।
प्रत्येक प्रदेशका राजधानीमा रहेका बिमानस्थलहरुलाई आधुनिकिकरण गर्ने योजना सरकारले अगाडि सारेको मन्त्री भट्टराईले बताए । उनले प्रदेशमा राजधानी भएका बिमानस्थललाई बिशेष महत्व दिएर सरकारले काम गरिरहेको बताए । मन्त्री भट्टराईले कञ्चनपुरको मझगाँउ र बैतडी,अछाममा रहेका बन्द विमानस्थल सुचारु गरिने बताए ।
स्थानीय तहका प्रमुखहरुलाई बिमानस्थलको वरीपरी नयाँ संरचना निर्माणका लागि अनुमति नदिन समेत स्थानीय तहका पदाधिकारीहरुलाई उनले अनुरोध गरे । नयाँ संरचना बनाए बिमानस्थल बिस्तार गर्दा भत्काउन निकै बढी रकम खर्च हुने बताउँदै उनले पहिले नै सावधानी अपनाउनुपर्ने बताए ।
मन्त्री भट्टराई पर्यटन प्रवद्र्धनको जिम्मेवारी संघीय सरकार जस्तै प्रदेश सरकार र स्थानीय तहको पनि रहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै त्यहाँ पर्यटन पूर्वाधार निर्माण गर्नका लागि समेत संघीय सरकारले योजना ल्याएको बताए । उनले प्रदेश र स्थानीय सरकारले समेत सक्दो प्रचार प्रसार गर्नुपर्ने र पूर्वाधार निर्माणको काममा समेत ध्यान दिनुपर्ने बताए ।
‘स्थानीय तहलाई डोजरले बाटो खन्न मात्रै बजेट दिइएको होइन’, मन्त्री भट्टराईले भने, ‘शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा पनि स्थानीय तहले बजेट खर्च गर्नुपर्छ ।’
उनले प्रदेश सरकारले मन्दिरमा बजेट खर्च नगरेर पर्यटनको प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रमा स्थानीय खानपान संस्कृतिको संरक्षण, पूर्वाधार विकासमा लगानी र अन्य आवश्यक संरचना बनाउने तर्फ ध्यान दिनुपर्ने बताए ।
शनिबार बिहानै धनगढी आइपुगेका मन्त्री भट्टराईलाई नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धनका लागि विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

Sharing is caring!

Latest News

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले डोटीमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै
शनिबार, भाद्र २८ १९:०७
दार्चुलाका सशस्त्र प्रहरी जवान धामी ४ दिन देखी वेपत्ता
शनिबार, भाद्र २८ १९:०७