शितल ऐकेडेमीको बार्षिकोत्सव सम्पन्न
धनगढी,
धनगढी रहेको सितल ऐकेडेमी पाँचौं बार्षिकोउत्सव मंगलबार सम्पन्न भएको छ ।
बार्षिकोत्सव कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । सितल अंग्रेजी भाषा सिकाउने अन्तराष्ट्रिय स्तरको ईन्सच्यूट हो । अंग्रेजी भाषा नेपालीहरुको कामकाजीको भाषा नभएपनि अन्तराष्ट्रिय भाषा हो नगरप्रमुख वडले भने, त्यस कारण पनि हरेकले अंग्रेजी बोल्न र लेख्न जान्नुपर्ने बाध्यता भैरहेको छ ।
अंग्रेजी भाषा अपरिहार्य भएका कारण धनगढीका सामुदायीक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन सुरु गराएको नगरप्रमुख वडले बताए । अंग्रेजी भाषा बिश्वभरीका मान्छेहरुले बुझ्ने भएकाले सबैले सिक्नुपर्ने हुन्छ नगरप्रमुख वडले भने, यसको अर्थ नेपाली भाषा पढ्नु हुदैन सिक्नु हुदैन भन्ने होईन ।

यसै क्रममा सितल ऐकेडेमीले आफ्नो पाँचौं बार्षिकोत्सवको अवसर पारेर धनगढीमा असाहायहरुको संरक्षण गरिरहेको संस्था दृष्टी फाउन्डेसन र बर्दगोरीया कैलालीमा असाहायहरुको संरक्षण गरिरहेको संस्था साहाराघरलाई ५, ५ हजारको चेक हस्तान्तरण समेत गरेको छ ।
