१८ बैशाख २०८३, शुक्रबार
मंगलवार, भाद्र ३१ १६:२७

पर्वलाई मध्यनजर गर्दै कैलालीको त्रिनगर नाकामा सिमा सहायता कक्ष स्थापना

कैलाली,दशैँ तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै कैलालीको त्रिनगर नाकामा सिमा सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका समयमा नेपालीहरु घर फर्किने क्रम बढ्ने र सिमामा लुटिने समस्या समाधानका लागी त्रिनगर नाकामा सिमा सहायता कक्ष स्थापना गरिएको हो ।

शसस्त्र प्रहरी बल नेपाल र भारतिय सिमा शुरक्षा बलको सयुक्त आयोजनामा सो नाकामा सहायता कक्ष स्थापना गरिएको हो । भारतबाट फर्किने नेपाली संगै नेपालबाट फर्किने भारतियलाई सिमा सहायता कक्षले आवतजावतमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । शस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजश्व तथा भन्सार तथा भारतिय सिमा शुरक्षा बलको सयुँक्त आयोजनामा कक्ष आज स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजश्व तथा भन्सारका सशस्त्र प्रहरी नायब उपरिक्षक भोला प्रसाद कोसहवा र भारतिय सिमा शुरक्षा बलका असै मकवान राइले नागरिक सहायता कक्षको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी नायब उपरिक्षक कोसहवाले नागरिक सहायता कक्ष स्थापना पछि नेपाली तथा भारतिय नागरिकलाई सिमामा समस्या नहुने बताए । चाडबाडका बेला बढी भिडभाड हुने हुँदा सिमामै सहायता कक्ष स्थापना गरिएको उहाँले बताए ।

सिमा सहायता कक्षमा सशस्त्र प्रहरी र भारतिय सिमा शुरक्ष बल रहने छन् । उनिहरुले दुइटै देशका नागरिकलाई सिमामा समस्या भोग्न नदिने बताएका छन् । आजबाट शुरु भएको सहायता कक्ष छठ पर्वसम्म रहने शसस्त्र प्रहरीले जनाएको छ ।

Sharing is caring!

Latest News

अत्तरियामा ब्लड बैंक राख्न माग
मंगलवार, भाद्र ३१ १६:२७
शितल ऐकेडेमीको बार्षिकोत्सव सम्पन्न
मंगलवार, भाद्र ३१ १६:२७